विराटनगर, २१ चैत । मोरङको बुढीगंगा गाउँपालिका हातिममुडामा रहेको मनमोहन पोलिटेक्निकले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराइ गाउँपालिकामा ३९० घण्टे मेसन र विल्डिङ् इलेक्टिसियन तालिम आयोजना गरेको छ ।
बहुप्राबिधिक शिक्षालयको रुपमा विकास भईसकेको मनमोहन पोलिटेक्निकले ग्रामिण बस्तीसम्म पुगेर कार्यक्रम गरेको हो । प्राबिधिक शिक्षा तथा तालिमको माध्यामबाट युवा स्वरोजगार हुने भन्दै ग्रामिण बस्ति लक्षित तालिम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
तालिमको प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाले तालिमको उद्घाटन गरे । ग्रामिण क्षेत्रबाट प्राबिधिक जनशक्ति उत्पादन गरेर समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सहयोग पुर्याउनको लागि पोलिटेक्ननीक लागेको मनमोहन स्मृति प्रतिष्ठानका सदस्यसत्यनारयण चोधरी बताए ।
बिभिन्न माध्यमबाट राज्य गाउँ–गाउँमा पुग्नु पर्ने योजना अनुसार आठराइ गाउँपालिकामा तालिमको आयोजना गरिएको चौधरीले जानकारी दिए । सिप सिक्नबाट पछाडि पारिएका गाउँपालिकाका युवालाई तालिमले भरपुर सहयोग पुग्ने पालिकाका अध्यक्ष मानबहादुर कन्दङ्वाले अपेक्षा ब्यक्त गरे । अध्यक्ष कन्दङ्वाले सिप परिक्षण पास गर्ने प्रशिक्षार्थीलाई गाउँपालिकाबाट नै स्वरोजगारको लागि आवश्यक सहयोग गरिने बताए ।
प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाले मध्यपहाडी लोकमार्ग अन्तर्गत सडकको काम भइरहेकोले आठराइ गाउँपालिकामा अब भवनको निर्माण सम्बन्धी काम धेरै हुने हुँदा तालीममा सहभागीले रोजगार पाउने बताए ।
४० जना सहभागी तालिम ३ महिनासम्म हुने र सिप परिक्षणको परिक्षामा समेत सहयोग गर्ने पालिटेक्निकका लेखा अधिकृत सुजन भुर्तेलले जानकारी दिए । तालिम निशुल्क आयोजना गरिएको हो ।