प्रदेश सभाको बिषयगत समितिको सभापतिको नाम दर्ता, सार्बजनिक लेखा समिति कांग्रेसलाई

<span class='c1'>प्रदेश सभाको बिषयगत समितिको सभापतिको नाम</span> <span class='c2'>दर्ता, सार्बजनिक लेखा समिति  कांग्रेसलाई</span>

विराटनगर, २१ चैत ।
प्रदेश सभाले बिषयगत समितिको सभापतिका लागि तोकेको निर्वाचन कार्यतालिका अनुसार सर्बसम्मत रुपमा नाम दर्ता भएको छ ।

प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम प्रदेश सभाको बिषयगत समितिको सभापतिको प्रकाशित निर्वाचन कार्यक्रम अनुसार आज नामावली दर्ताको समयावधि तोकिएको थियो । ताेकिएकाे समयमा ७ वटा बिषयगत समितिका ७ जनाले सभापतिकाे लागि नाम दर्ता गराएका छन् ।

तोकिएको समयसिमा अनुसार न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा ईन्द्रमणी पराजुलीले मनोनयन दर्ता गरेका छन् । त्यस्तै शुसासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहन कुमार खड्का, सार्बजनिक लेखा समितिको सभापतिमा शिवनारायण गन्गाई, सामाजिक विकास समितिको सभापतिमा सरिता थापाकाे नाम दर्ता भएकाे छ ।

उद्योग पर्यटन, वन तथा वातावरण समितिमा सिता थेबे र प्राकृतिक श्रोत तथा पुर्वाधार विकास समितिको सभापतिमा सर्बध्वज साँवाले नाम दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव तथा मुख्य निर्वाचन अधिकृत अम्बिकाप्रसाद चौलागाईले जानकारी दिए ।

दर्ता भएको नाम अनुसार नेकपाबाट ६ र नेपाली कांग्रेसका १ जनाले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसलाई सार्बजनिक लेखा समिति भागमा छुट्याईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्