विराटनगर, २० चैत । ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ विराटनगरमा मिस एसईई मोरङ २०७५ हुने भएको छ ।
विराटनगरमा रहेको ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा पहिलो पटक प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । विराटनगरमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरि एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
प्रतियोगिताको पहिलो अडिसन चैत २९ गते विराटनगरमा हुने भएको ड्रिम्स मिडिया इन्टरटेनमेन्टका सदस्य अर्जुन श्रेष्ठले जानकारी दिए । भर्खर एसइइ परीक्षा सकिएको छ । खाली रहेको समयको सदुपयोग गर्न सीप र संस्कार सहितको सौन्दर्य प्रतियोगिता गर्न लागेको उनको भनाई छ । उनले प्रतियोगिता अन्य स्पर्धा भन्दा भिन्न भिन्न हुने दादबी गरे ।
प्रतियोगितामा भाग लिएका प्रतियोगीलाई नेतृत्वदायी एक योग्य ब्यक्ति र उनीहरूको प्रतिभा उजागर गर्ने मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । बिजेताले नगद ३० हजारका साथै ५ लाख मुल्य बरावरको जीवन बिमा गरिने भएको छ । प्रतियोगिताको फस्ट रनरअपले २० हजार सहित ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा गरिने ड्रिम्स मिडियाका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
प्रतियोगिताको अडिसन खुल्ला रहेकोले दोस्रो अडिसन वैशाख ७ गते हुनेछ । मोरङ जिल्ला भित्र एसइइ दिएका छात्रा विद्यार्थीहरूलाई सहभागि जनाउन आयोजकले मोरङको उर्लाबारी, बेलबारी र रंगेलीमा अडिसन गर्ने तयारी गरेको छ ।
फाइनलको लागि ३० जना प्रतियोगि छनौट गरी भब्य कार्यक्रमको आयोजना गरी प्रतियोगिता फाइनल जेठको पहिलो साता हुने बताइएको छ । प्रतियोगिको कोरियोग्राफर मिस नेपालको फाइनलिस्ट अनुपमा बास्तोला छिन् ।