सुनसरीको जुद्धगञ्जमा आगलागी, ९ घर जलेर नष्ट

<span class='c1'>सुनसरीको जुद्धगञ्जमा आगलागी, ९</span> <span class='c2'>घर जलेर नष्ट</span>

विराटनगर, २२ चैत । सुनसरीको कोशी गाउँपालिका-४ जुद्धगञ्जमा शुक्रबार बिद्युत सर्ट भई आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ ।

विहान हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई  आगलागी भएकाे हाे । स्थानीय रहमान मन्सुरीको घरमा आगलागी हुँदा छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घरमा  आगलागी भएको प्रहरीले जनाएकाे छ ।

आगलागी   ईनरुवा, ईटहरी, दुहबीबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आगलागीबाट करिब २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्