विराटनगर, २१ चैत ।
प्रदेश नम्बर १ प्रदेशसभा बिषयगत समितिको सभापति १३ महिना पछि टुङ्गिएको छ । प्रदेश सभा नियमावली अनुसार निर्वाचन कार्यतालिका अनुसार ७ वटै समितिका सभापति टुङ्गीएको हो ।
प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम प्रदेश सभाको बिषयगत समितिको सभापतिमा ६ नेकपा र १ कांग्रेस निर्वाचित भएको हो । यसरी निर्वाचित हुनेमा न्याय प्रशासन तथा विधायन समिति इन्द्रमणी पराजुली, सुशासन तथा योजना समिति अर्जुन राई, अर्थ समिति मोहन कुमार खड्का, सार्वजनिक लेखा समिति शिवनारायण गनगाई, सामाजिक विकास समिति सरिता थापा निर्वाचत भए । त्यस्तैख उद्योग, पर्यटन, वन तथा वातावरण समिति सीता थेबे र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समिति सर्वध्वज साँवा निर्वाचित भएका हुन् ।