बुढीगंगा गाउँपालिकाकाे बाँसवारीमा चट्याङले लागेर बालिलकाकाे मृत्यु

<span class='c1'>बुढीगंगा गाउँपालिकाकाे बाँसवारीमा चट्याङले लागेर</span> <span class='c2'>  बालिलकाकाे मृत्यु</span>

विराटनगर, २३ चैत । मोरङ र झापामा शनिबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर २ जनाको ज्यान गएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ बाँसवारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।

सरस्वती शिक्षा सदन बाँसबारी मोरङमा कक्षा तीनमा अध्ययनरत १० बर्षिय आराधना राजवंशीको ज्यान गएको हो । दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले घर बाहिर खेलीरहेको अबस्थामा एक्कासी परेको चट्याङ लागेर मृत्यु भएको बताए ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतको पनि ज्यान गएको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।
बिहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पु(याइएको थियो । उपचारकै क्रममा प्रकाशको मृत्यु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्