विराटनगरमा एकैछिनको बर्षाले निम्त्याएको समस्या, अस्तब्यस्त बजारका १३ तस्विर

<span class='c1'>विराटनगरमा एकैछिनको बर्षाले निम्त्याएको समस्या,</span> <span class='c2'>अस्तब्यस्त बजारका  १३ तस्विर</span>

प्रेम देवान
विराटनगर,२३ चैत । विराटनगरमा शनिबार दिउँसो एकैछिन पानी प¥यो । एक्कैछिनको मुसलधारे पानीले विराटनगरको बजार अस्तव्यस्त बनाईदिएको छ । हाल विराटनगरको मुख्य बजार निर्माणाधिन अबस्थामा छ । विराटनगरका धेरै स्थानमा खनिएका ठाँउहरुमा पानी जमेपछि हिलाम्य बनेको हो । कतिपय स्थानमा जमेको पानी निकास हुन नसकेर जलमग्न देखिन्थ्यो ।
शनिबार करिब आधा घन्टा जस्तो परेको अविरल बर्षाले गर्दा विराटनगरका धेरै स्थान हिलाम्मे भएर सर्वसाधरणले सास्ती खेप्नु परेको हो । एडिवी परियोजना अन्तर्गत हाल विराटनगरका धेरै सडकको काम हुँदैछ । विराटनगरको मुख्य बजार तथा भित्री सडकहरु निर्माणाधिन भएका कारण बाटोहरु अस्त व्यास्त छन् । चारैतिर एकै चोटी खनिँदा समस्या खेप्नुपरेको बिराटनगर १२ का राम साहले बताए ।
उनले बजार छिचोलेर गोल्डेन अस्पताल पुग्नलाई एक घन्टा नै लगाउनु प¥यो । कोशी प्रोजेक्टमा बस्दै आएका साह आफन्त विरामीलाई भेट्न जाँदा हिलाम्मे सडक पार गर्न १ घण्टा लागेको बताउँछन् ।
कोशी अञ्चल अस्पतालको मुख्य प्रवेशद्धारामा एक छिन परेको अविरल बर्षाले गर्दा पानीको निकास नहुदाँ जलमग्न भएको थियो । अस्पातल आउने र बाहिरेने विरामी तथा विरामीका आफन्तलाई समस्या परेको देखिन्थ्यो । विरामी बोकेका एमुलेन्स तथा सवारी साधनहरु हिलोका बिच अस्पताल छिरेका देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्