पत्याउनै गाह्रो: एक पोथि कुकुरले सगरमाथा नजिकै रहेको वरुणत्से हिमालको सफल आरोहण गर्याे

<span class='c1'>पत्याउनै गाह्रो: एक पोथि कुकुरले सगरमाथा नजिकै</span> <span class='c2'>रहेको वरुणत्से हिमालको सफल आरोहण गर्याे</span>

काठमाडौं, २४ चैत ।

पत्याउन गाह्रो होला । एउटा कुकुर प्रविधिक उपकरण बिना सात हजार मिटर अग्लो हिमशिखरमा पुग्यो र फर्कियो भन्दा तर यो सत्य सावित भएको छ । एउटा पोथि कुकुर कुनै प्राविधिक उपकरणबिना सात हजार मिटरभन्दा अग्लो हिमाल वरुणत्से हिमालको शिखरमा पुग्न सफल भएको छ ।

केही महिनाअघि मेरा नाम दिइएको सो पोथी कुकुरले ७,१६२ मिटर अग्लो वरुणत्से हिमालको सफल आरोहण गरेको पर्वतारोही डन वार्गोस्कीको भनाइ छ । यो समय थियो नोभेम्बर ९ को ।

‘त्यो पोथि कुकुर (मेरा)हिमाल आरोहणको क्रममा वरुणत्से हिमालको शिखरमा पुगेपछि अलिकति दैडिएकी पनि थिईन्’- वार्गोस्कीले बताए ।

मेराले पर्वतारोही वार्गोस्कीसँग करिब २१ दिन सँगसँगै पर्वत आरोहणको यात्रा गरेकी थिईन् ।मेराको यो स्वभाव देखेर वार्गोस्की र उनको टाेली आस्चार्यमा पनि परे । वार्गोस्कीले मेराबारे चलचित्र बनाउने प्रस्ताव आफूले पाएको समाजिक सञ्जालमा लेखेका छन्।

मेरा नाम कसरी रह्यो ?

उनीहरुको टोली मेरा हिमाल चढेर चढिसकेर नै बरुणत्से हिमाल चढ्न गएको थिए । त्यसैले उनको नाम मेरा राखेको वार्गोस्की बताउछन् ।

कसरी सम्भव भयो ?

संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा नजिकै रहेको वरुणत्से हिमाल चढ्ने क्रममा वार्गोस्की र उनको टोली करिव ५५ सय मिटर भन्दा माथि पुगेका थिए । सो क्रममा मेराले आफूलाईलाइ पछ्याउदै आएको वार्गोस्कीको टोलीको भनाई छ ।

त्यसपछि वार्गोस्कीको टोलीसँगै मेरा पनि सँग सँगै अघि बढिन् । रातको समयमा चिसोबाट जोगिन मेरालाई वार्गोस्कीले आफ्नो पालभित्र आश्रय दिएको बताए ।

शिखरनजिकै पुग्दा मात्रै मेरालाई सहयोगको आवश्यकता परेको उनको भनाई छ । अन्तत: मेराले २१ दिनको लामो पर्वतीय यात्रा पुरा गर्दै वार्गोस्कीको टोलीसँगै सकुशल तल आईपुगिन् ।

पर्वतारोहण गरेर फर्किएपछि आधार शिविरमा टोलीका प्रबन्धक काजीले मेराको पालन पोषणको जिम्मेवारी लिएका थिए । गत महिना मेरालाई काठमाण्डौं ल्याइएको छ । वार्गोस्कीले फेसबुकमा सो कुकुरबारे चलचित्र बनाउने प्रस्ताव आएको उल्लेख गरेका छन्।

( बीबीसी नेपाली बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्