विराटनगर, २४ चैत । मोरङ्ग सुगर मिल्स लिमिटेडको ५०औं वार्षिक साधारण सभा वैशाख १५ गते होटल पांचाली विराटनगरमा हुने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन छलफल गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १ गतेदेखि १५ गतेसम्म बन्द रहनेछ ।