एनआईसी एसिया बैंकमा चमत्कारी बचत खाता, कर्मचारीलाई १५ लाखसम्म विना धितोमा ऋृण

<span class='c1'>एनआईसी एसिया बैंकमा चमत्कारी बचत खाता,</span> <span class='c2'>कर्मचारीलाई १५ लाखसम्म विना धितोमा ऋृण</span>

विराटनगर,२४ चैत । एनआईसी एसिया वैङकले आफ्ना सेवा ग्राहीलाई चमत्कारी वचत खाता सेवा संचालनमा ल्याएको छ । एनआईसी वैङ्क प्रदेश नं १ का प्रमुख लक्ष्मण चालिसेले आईतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १५ वटा चमत्कारी बचत निक्षेप योजना ल्याएको जानकारी दिए ।

बैङ्कले २१ वर्ष पुगेको अवसरमा २२ वटा विभिन्न विशेषता अन्तर्गतका १५ नयां वचत निक्षेप योजनाहरुलाई ल्याएको जानकारी उनको भनाई छ । आम कर्मचारीहरुलाई २५ महिनाको तलव वा १५ लाख विना धितो ऋणसुविधा उपलव्ध गराउने भएको छ। कर्मचारीहरुलाई तीन महिनाको तलव समेत अग्रिम रुपले लिन पाउने सुविधा उपलव्ध हुनुका साथै चमत्कारिक वचत खातामा नारी , जेष्ठ नागरिक, बाबुनानी, विद्यार्थी तथा स्वरोजार लगायतका खाताहरुवाट औषधि उपचार , मृत्यु विमा लगायतका अन्य सुविधाहरु उपलव्ध गराउने गरी यही चैत २० गतेवाट यो कार्यक्रमहरु लागु हुने जानकारी दिईएको छ ।
वैंकले प्रदेश १ मा ५२ शाखा, चार एक्टेन्सन, ८ शाखा रहित वैंक र ६४ एटिएम सेवावाट ग्राहकहरुले सुविधा पाइरहेको जनाएको छ। प्रदेशको १४ जिल्लामध्ये ११ जिल्लाका जनतालाई वैकिङ्ग सेवा पुगेको चालिसेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्