राप्रपाको आज देशै भर शक्ति प्रदर्शन, सिंहदरबारदेखि जिल्ला प्रशासनमा प्रदर्शन

<span class='c1'>राप्रपाको आज देशै भर शक्ति</span> <span class='c2'>प्रदर्शन, सिंहदरबारदेखि जिल्ला प्रशासनमा प्रदर्शन</span>

काठमाडौं, २५ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत आज (सोमबार) देशैभर शक्ति प्रदर्शन गर्दै छ । राप्रपाले केन्द्रमा सिंहदरबारदेखि प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि शक्ति प्रदर्शनसहित धर्ना दिने भएको हो ।

हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि भन्दै राप्रपाले हाल पहिलो चरणको जनसंघर्षको कार्यक्रम सञ्चालन गरिरहेको छ । राप्रपाले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने, राजासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नु पर्ने, संघियताबारे राष्ट्रिय जनमत संग्रह गर्नु पर्ने, बेरोजगारी समस्या र बढ्दो महंगी तथा भ्रष्टाचार अन्त्य गर्नु पर्ने मागसहित संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
केन्द्रको प्रशासनिक निकायमा हुने धर्नाको नेतृत्व अध्यक्ष कमल थापा आफैले गर्दै छन् । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार दिउँसो १ बजेपछि राजधानीको प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा धर्ना सुरु हुने छ ।

राप्रपाले ८ वैशाखसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम तय गरेको हो । जसअन्तर्गत राप्रपाले संघर्षको कार्यक्रममको मुख्य एजेण्डा बनाइएको हिन्दु धर्म पुनस्र्थापनाको मागलाई लिएर देशैभरी हस्ताक्षर संकलन अभियान समेत जारी राखेको छ ।
प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार आइतबार साँझसम्म देशभरबाट गरी करिब ६० लाखको हाराहारीमा हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा हस्ताक्षर संकलन भएको छ । राप्रपाले १७ चैतबाट देशैभर हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो ।

सो अभियानमा उत्साह बढेको भन्दै राप्रपाले चैत मसान्तसम्म जारी राख्ने यसअघि नै निर्णय गरिसकेको छ भने केही दिनबाट विदेशमा बस्ने नेपालीलाई समेत लक्षित गरेर अनलाइन मार्फत नै हस्ताक्षर संकलन गर्ने तयारी अघि बढाएको छ ।
विश्वकै हिन्दुहरूको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने राप्रपाले माग गर्दै आएको छ । संकलित हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने राप्रपाले जनाएको छ ।
संघर्षअन्तर्गत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा धर्ना, ५ बैसाखमा सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर र प्लेकार्ड जलाउने तथा ८ बैसाखमा देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन् ।

राप्रपाले गत ७ फागुनबाटै प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि दबाब दिन १५ दिने मेची—महाकाली अभियान समेत सञ्चालन गरेको थियो । पूर्वको ताप्लेजुङबाट सुरु भएको अभियान पश्चिमको महेन्द्रनगर पुगेर राजधानी आएर समापन गरिएको थियो । राजधानि दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्