यस्तो थियो, धरानमा ४ जनाको ज्यानजाने गरी भएको बस दुर्घटना, माेरङका २ जनाकाे मृत्यु

<span class='c1'>यस्तो थियो, धरानमा ४ जनाको ज्यानजाने गरी भएको</span> <span class='c2'>बस दुर्घटना,   माेरङका २ जनाकाे मृत्यु</span>

विराटनगर, २५ चैत ।
सोमबार बिहान धनकुटाको चौविसे गाउँपालिकाको ६ नम्बर बुधवारेबाट को६ख २७१३ नम्बरको यात्रु बस बिहान ७ बजे धरानको लागि छुटेको थियो ।

हरेक दिन एउटै समयमा छुट्ने बसले झण्डै ५० जना यात्रु बोकेको थियो । बिभिन्न ठाउँमा यात्रु ओराल्ने र चढाउने काम गर्दै आएको बस धरान पुग्न भन्दा केही माथि ब्रेक फेल भएर दुर्घटनामा प¥यो । धरान उपमहानगरपालिका ८ का चक्रबहादुर गुरुङले सो बस चलाएका थिए । पहाडी क्षेत्रमा बस चलाउन राम्रो अनुभवी चालकका रुमा हेरिएका उनलाई आज दुर्घटना पर्ला भन्ने के थाहा र भईदियो त्यस्तै ।
धरानको जीरो प्वाइन्ट भन्दा करिब ५ सय मिटर माथि गाडीमा ब्रेक नै नलागेको थाहा पाए । तर पनि उनले गाडीलाई नियन्त्रणमा लिन खोज्दा खोज्दै गाडी लर्बरीएर पल्टिएको घाईते यात्रुले बताए । गाडीमा ब्रेकफेल भएको जान्दा जान्दैपनि चालक गुरुङ गाडीलाई आफ्नो कन्ट्रोलमा निल खोज्दा खोज्दै उनले त ज्यान गुमाए नै उनीसँगै ४ जनाले ज्यान गुमाएका छन् ।
इलाका प्रहरी कार्यालयका धरानका डिएसपी सुमन तिम्सिनाले दुर्घटना हुसन लागेको यात्रुले समेत थाहाको तर चालकले सुरक्षित स्थान खोज्दै ५ सय मिटर माथिदेखि सुरक्षित स्थान खोजेको देखिएको जानकारी दिए ।
डिएसपी तिम्सिनाका अनुसार चालकले कुनै रूख वा माटोको डिस्को जस्तो सुरक्षित स्थान खोजिरहेका थिए । जहाँ गाडी ठोकिए पनि धेरै क्षति नहोस्र भन्ने नै देखिएको छ ।
दिउँसो करिब साढे १ बजेसको समयमा भएको दुर्घटना हुन नदिनका लागि चालकले परपुर प्रयास गरेको तिम्सिनाको भनाई छ ।
दुर्घटनामा मृत्यु हुनेमा चालक गुरुङसहित चौबिसे गाउँपालिका १ का बलबहादुर मगर, केरावारी गाउँपालिका ९ मोरङ याम कुमारी मगर र केरावारीकै ५ महिने डेनी मगर को पनि ज्यान गएको डिएसपी तिम्सिनालृ बताए । ४४ जना घाईतेहरुको बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। जसमा ६ जनाको अबस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्