ओवीका सम्पादक सुस्केरालाई कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार

<span class='c1'>ओवीका सम्पादक सुस्केरालाई कृष्णप्रसाद</span> <span class='c2'>सिग्देल युवा पत्रकारिता पुरस्कार</span>

विराटनगर, २५ चैत । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार आवर बिराटनगरका सम्पादक सुमन सुस्केरलाई प्रदान गरिएको छ । एक कार्यक्रमको आयोजना गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुस्केरालाई नगद सहित पुरस्कृत गरेका हुन् ।

पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पत्रकारिताको विकासका लागि प्रदेश सरकारले नयाँ निती तथा कार्यक्रमबाट समेटिने बताएका छन् । प्रदेशका पुराना पत्रकारको सम्मान गर्नका लागि कार्यदल बनाएर काम शुरु गर्ने प्रतिबद्धता जनाउँदै बैशाख २४ लाई भब्य समारोहको आयोजना गरी पत्रकारिताको दिवस प्रदेश सरकारले मनाउन थाल्ने घोषणा गरे ।
विगत १५ बर्षदेखि रेडियोलाई पत्रकारिताको माध्याम बनाउँदै आएका सुस्केरालाई यस बर्षको सिग्देल पत्रकारिता पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष बिक्रम लुईटेलले बताए ।
युवाहरुलाई प्रोत्साहित गर्नका लागि यसरी अक्षयकोष स्थापना गरी शुरु गरिएको पुरस्कारले एउटा श्रमजीवी पत्रकारलाई प्रोत्साहन गर्ने पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई, प्रेस युनियका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल लगायतले पत्रकारिताको विकासका लागि भएका प्रयासहरु सकारात्मक रुपमा अघि बढेको बताए । अब पत्रकारिताको विकासका लागि प्रदेश सरकार लाग्नु पर्नेमा जोड दिए । सुस्केरालाई उपलब्ध गराईएको पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँको रहेको छ । हरेक बर्ष प्रेस चाैतारीकाे आयाेजनामा प्रदान हुँदै आएकाे कार्यक्रम याे बर्ष प्रेस चाैतारी र प्रेस सेन्टरकाे आयाेजनामा वितरण गरिएकाे प्रेस चाैतारीका अध्यक्षा रामचन्द्र अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्