विराटनगरबाट मुख्यमन्त्रीको घोषणा : नाम र राजधानी नयाँ बर्ष सँगै टुङ्गिने

<span class='c1'>विराटनगरबाट मुख्यमन्त्रीको घोषणा : नाम र</span> <span class='c2'>राजधानी नयाँ बर्ष सँगै टुङ्गिने</span>

विारटनगर, २५ चैत ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी नयाँ बर्षको आगमनसँगै टुङ्गिने बताएका छन् ।
विराटनगरमा कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी नयाँ बर्षको आगमनसँगै प्रदेशले पाउने बताएका हुन ।

उनले प्रदेशको राजधानी मात्र नभई प्रदेशको नाम पनि सँगै आउने भएकोले अब नाम र राजधानीको बिषय टुङ्गीने बितिकै धेरै बिषयहरु थप वलियो भएर जाने स्पष्ट पारे । प्रदेशको नाम र राजधानीको बिषय अहिले देख्दा लम्बिएको देखिएपनि यो बिषय टुङ्गिने बितिकै निर्माणको कामले पनि गतिलिने मुख्यमन्त्री राईको भनाई छ ।
उनले अहिले प्रदेश सरकार योजनाबद्ध विकासको थालनीको क्रममा अगाडि बढेको स्मरण गराउँदै उनले आवधिक योजना निर्माणको काम बैशाख १५सम्ममा सकेर प्रदेशको परियोजना बैंकको तयारीमा रहेको बताए । उनले परियोजना बैंक संचालका लागि संघीय सरकारको अनुमतीमा स्वीस सकारसँग मिलेर परियोजनाको संभाब्यता अध्ययत थालनी गरिने बताए । ‘पहिलोजना बैंकको अबधारणासँगै प्रदेश सरकार कानुन नीति निर्माणमा अघि बढ्छ, मुख्यमन्त्री राईले भने, त्यस लगतै प्रदेशमा लगानी सम्मेलनको आयोजना सँगै गरी प्रदेशलाई समृद्धिको बाटो खुल्छ ।’
उनले अहिलेपनि प्रदेश सरकार अन्दधुन्द नहिँडेको स्मरण गर्दै एउटा बाटो निर्माणको लागि आधार तय गरेर मात्र प्रदेश सरकार अगाडी बढ्ने क्रममा रहेको जानकारी दिए ।
तर उनले सबै जिम्मेवारी पुर्बक अगाडी बढ्न सक्ने हो भने प्रदेश बनाउन समय नलाग्ने ठोकुवा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्