उपेन्द्र यादवका छोरा अमरेन्द्र सक्रिय राजनीतिमा, विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित

<span class='c1'>उपेन्द्र यादवका छोरा अमरेन्द्र सक्रिय</span> <span class='c2'>राजनीतिमा, विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित</span>

विराटनगर, २५ चैत। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा  अमरेन्द्र यादव बाबु अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित भएका छन्  ।  प्रथम एकता अधिवेशनबा६ यादव निर्वाचित भएका हुन् । दुई महिनाअघि छोरालाई महानगरपालिकाको संयोजक तोकेका यादव आईतवार सम्पन्न अधिवेशनमार्फत छोरालाई यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।

पार्टीमा परिवारवाद हावी भएको भन्दै एउटा खेमा भने असन्तुष्ट बनेको छ । नेताहरुका अनुसार अमरेन्द्रलाई निर्बिरोध बनाउने प्रयासमा यादव आफैं जुटेका थिए । तर, यादवले छोरालाई टीका लगाएर अध्यक्ष बनाउन खोजेको भन्दै असन्तुष्ट समूहले समिर कमरलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

तत्कालीन फोरमका नगर अध्यक्ष समिम कमरले ९० मत ल्याएका छन् भने अरमेन्द्रले ११२ मतका साथ अध्यक्षमा निर्वाचित भए । अध्यक्षका लागि भएको निर्वाचनमा २१० मत खसेको थियो, जसमा ८ मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्