अछाममा चट्याङ्ग पर्दा एकको मृत्यु सहित १३ जना घाइते

<span class='c1'>अछाममा चट्याङ्ग पर्दा एकको मृत्यु</span> <span class='c2'>सहित १३ जना घाइते</span>

शिवराज ढुंगाना

अछाम, चैत २६ गते । अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई वडामा सोमबार राती चट्याङ्ग पर्दा एकको मृत्यु सहित १३ जना घाइते भएका छन् । सो नगरपालिकाको वडा नम्बर ७ पुल्लेतोलामा परेको चट्याङ्गबाट उक्त वडा निवासी जनक रावलको घटनास्थलमै ज्यान गएको हो भने अन्य १० जना घाइते भएका छन् ।

सोही नगरपालिका वडा नम्बर १० को बारलामा परेको चट्याङ्गबाट दुई महिला सहित तीन जना घाइते भएको वडा अध्यक्ष तारा खनालले जानकारी दिनुभयो । तीनै जनाको टाउकोमा चोट भएका कारण गम्भीर घाइते भएको अध्यक्ष खनालको भनाइ छ ।

पुल्लेतोलाका घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । १० जना घाइते मध्येमा धर्म र गोविन्द रावललाई अन्य भन्दा गाह्रो अवस्था भएको स्थानीय जनक बटालाले जानकारी दिनुभयो । यता बारलामा घाइते भएका तीन जनालाई थप उपचारका लागि उपचारका लागि सुर्खेत लिइदै गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो । दुवै स्थानमा सोमबार राती करिब सात बजेतिर चट्याङ्ग परेको बताइएको छ । गएको माघ महिनामै पुल्लेतोलामा चट्याङ्गबाट एक मृत्यु सहित १७ घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्