नागरिकता विहिन भन्छन् , ‘हामीलाई नागरिकता नदिएर बेरोजगार बनाईयो’ विराटनगरमा प्रदर्शन

<span class='c1'>नागरिकता विहिन भन्छन् , ‘हामीलाई नागरिकता</span> <span class='c2'>नदिएर बेरोजगार बनाईयो’  विराटनगरमा प्रदर्शन</span>

विराटनगर, २६ चैत ।
मंगरलवार बिहान करिब १० बजेको थियो, एक हुल युवाहरु नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको चोकमा देखिए । ब्यापक प्रहरी परिचालन गरिएको थियो भने, जिल्ला प्रशासन कार्यालयमा छिर्नका लागि सोधिखोजी गरेर मात्र प्रवेश दिईएको थियो ।
सोमबारसम्म जिल्ला प्रशासन कार्यालयमा वैशाख १७ गतेसम्मको लागि टोकन बाँडिएको थियो । झण्डै ३५ सयले नागरिताको लागि निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका उनीहरु आज बिहान आउँदा कार्यालय भित्र प्रवेश नै नपाएपछि आक्रोशित देखिन्थे । जिल्ला प्रशासन कार्यालय बिराटनगर अगाडी भेला भएर नारावाजी गर्दै गरेका ब्यक्तिहरुलाई प्रहरी र प्रशासनले सम्झाएर पठाएको थियो । तर पनि उनीहरु उतेजित हुनसक्ने भएपछि प्रहरी परिचालन गरिएको हो ।
कटहरी गाउँपालिका १ मोरङकी भुटनीदेबी महतोको टोकन अनुसार आज नागरिकता पाउने दिन हो । उनी आएर सिधै कार्यालय छिर्न खोजेकी थिईन् प्रवेश नपाएपछि उनी चौतारीमा आफ्ना कुरा सँगै आएका गाउँलेलाई सुनाउँदै थिईन् , ‘नागरिकता नभएर सबै काम चौपट भयो ।’ आज नागरिकता पाउने भएपछि ढुक्क भएर आएकी उनलाई जिल्ला प्रशासन कार्यालयले किन नागरिकता नदिने भयो भनेर समेत जानकारी थिएन ।
नागरिकताकै लागि आएका विराटनगर महानगरपालिका वडा नम्बर ११ का दुर्गा साहले लामो समयदेखि नागरिकता नपाएर कुनै काम गर्न नपाएको बताउँदै नागरिकता बितरण नगरिए आन्दोलन गर्ने चेतावनी दिए । प्रधानमन्त्री तथा गृहमन्त्री बिरुद्ध नारावाजी गरेका उनले उच्च शिक्षाको लागि पढाईबाट समेत बञ्चिन हुनु पर्दाको पिडा आफुलाई मात्र थाहा भएको सुनाए । उनले संबिधानमा ब्यवस्था भए अनुसारको नागरिकता दिने ब्यवस्था मिलाउन आग्रह गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले केही ब्यक्तिहरुले बाहिर होहल्ला गरेको भएपनि सम्झाएर पठाउने काम भएको बताए । अदालतको आदेश विपरित नागरिकता वितरण गर्न नसकिने भएपनि हिजैको मितिसम्म पाउनेले पाईहाले आज बिहानैदेखि जन्मका आधारमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयनमा रोकिएको केसीको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी केसीका अनुसार सोमबारसम्ममा ८ सय बढीले नागरिकता लिईसकेका छन् । त्यस्तै नागरिकताको माग गर्दै करिब ३ हजार ५ सय बढीको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता भईसकेको छ । ‘वैशाख १७ गतेसम्मको लागि टोकन नै दिईसकिएको थियो, प्रजिअ केसीले भने, अब अर्को आदेश नआउँदासम्मको लागि रोकिएको छ ।’ मोरङ जिल्लामा करिब १० हजारको हाराहारीमा जन्मसिद्ध नागरिकता पाउनेको तथ्यांक भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्