नयाँ शक्ति पार्टी पुनर्गठन : प्रदेशको संयोजकमा श्रेष्ठ, प्रवक्तामा तेजलाल कर्ण

<span class='c1'>नयाँ शक्ति पार्टी पुनर्गठन : प्रदेशको</span> <span class='c2'>संयोजकमा श्रेष्ठ, प्रवक्तामा तेजलाल कर्ण</span>

विराटनगर, २५ चैत । नयाँ शक्ति पार्टी, नेपालले १ नम्बर प्रदेश कमिटी पुनर्गठित गरेको छ । प्रभुराम श्रेष्ठको संयोजकत्वमा १ सय ३३ जना सदस्य रहने गरी कमिटि बनाईएको हो ।

प्रदेशको प्रवक्तामा तेजलाल कर्ण र नवराज दाहाललाई तोकिएको छ । कर्णलाई आर्थिक विभाग प्रमुखको समेत जिम्मेवारी दिएको छ ।
विराटनगरमा बसेको नयाँ शक्ति पार्टीको बैठकले विभिन्न विभागीय प्रमुख समेत तोकेको छ। प्रशिक्षण विभाग प्रमुखमा डिल्लीराम सिग्देल, प्रचार विभाग प्रमुखमा तारा पोखरेल, उत्पादन तथा स्वरोजगार विभाग प्रमुख भेषराज भट्टराई, उपप्रमुखमा युवराज कटुवाल रहेका छन् । त्यस्तै अनुगमन तथा मुल्याङ्कन विभाग प्रमुख सुर्य बहादुर राई, साँस्कृतिक विभाग प्रमुख रोम घिमिरे, जन–परिचालन विभाग प्रमुख भरत दहाल, कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज दहाल, युवा विभाग प्रमुख भैरव श्रेष्ठ, विद्यार्थी विभागको जिम्मेवारी दिनेश दंगाललाई दिईएको छ ।
महिला विभाग प्रमुख बिमला अर्याल, किसानको जिम्मेवारी जीव नारायण पोखरेललाई र प्रेस सोसाइटीको संयोजकको जिम्मेवारी तारा पोखरेललाई दिईएको छ ।
पुनर्गठित प्रदेश कमिटिलाई पार्टीको हेडक्वाटर सदस्य तथा अनुगमन तथा मुल्यांकन विभाग प्रमुख प्रभुराम खापुङ्गले सपथ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्