विराटनगर, २७ चैत ।
मोरङ ब्यापार संघले चैत १७ गते बारा र पर्सा जिल्लामा आधिहुरी (टोर्नाडो) का पीडित परिवारहरुलाई राहत वितरण गरेको छ ।
मोरङ व्यापार संघले संकलन गरेको राहत सामाग्रीहरु सो क्षेत्रमा वितरणका लागि नेपाली कांग्रेस, तरुण दलका टिम मार्फत वितरण गर्न हस्तान्तरण गरेको हो । संघका अध्यक्ष पवनकुमार सारडाले २ लाख बराबरको राहत सामाग्री हस्तन्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको राहत सामाग्रीहरुमा चामल एक हजार ९ सय किलो, दाल २ सय किलो, साबुन ४ सय २० थान तेल २ सय पोका, नुन २ सय किलो, आलु ३ सय किलो, प्याज ५० किलो बितरण गरिएको छ । त्यस्तै चाउचाउ ४ सय ५० पिस, विस्कुट ४ सय ३२ पिस, चप्पल १ सय २० जोर प्रदेश सभा सदस्य विन्दिया कार्की, नेपाली कांग्रेस महासमिति सदस्य रंजित झा, तरुण दल जिल्ला अध्यक्ष संजय थापा र तरुण दल नगर सभापति संतोष न्यौपाने लगायतलाई हस्तान्तरण गरिएको अध्यक्ष सारडाले बताए ।
हावाहुरी प्रभावित क्षेत्रमा त्यहाँ देखिएको समस्यालाई केही भएपनि राहत प्रदान गर्नकोे लागि नेपाली कांग्रेस र तरुण दललाई हस्तान्तरणका लागि पठाईएको बताए ।