चिकित्सकले लगाएको ताला हेरेर फर्किन्छन् विरामी, काेशी अस्पतालमा ३ दिनदेखि विरामीलाई सास्ती

<span class='c1'>चिकित्सकले लगाएको ताला हेरेर फर्किन्छन् विरामी,</span> <span class='c2'>काेशी अस्पतालमा ३ दिनदेखि विरामीलाई सास्ती</span>

विराटनगर, २८ चैत ।
कोशी अञ्चल अस्पतालको ओपिडी सेवा ३ दिनदेखि बन्द हुदाँ अस्पतालमा पुगेका विरामीलाई सास्ती भएको छ । उपचार गर्न गाएका विरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्कन वाध्य छन् ।

सरकारी सेवा सुबिधामा गुणस्तरिय स्वास्थ्य लाभ लिन आउने विरामी पछिल्लो ३ दिन देखि आउने अनी उपचार नै नपाएर फर्कनु पर्ने बाध्यतामा छन् । कोशी अञ्चल अस्पतालको ओपीडी सेवामा पुगेका विरामीहरु डाक्टरलाई भेट्नै नपाई फर्कने गरेका छन् । सोमबारदेखी ठप्प रहेको कोशी अञ्चल अस्पतालको ओपीडी सेवाको मुख्य प्रवेशद्धारा बाहिर नै ताला लगाईएको छ ।
विहिबार विराटनगर १३ का विरन्द्र मण्डल आफ्नी श्रीमतीलाई उपचार गराउन कोशी अञ्चल अस्पताल पुगेकोका उपचार नै नगराई फर्कनु प¥यो । उनले भने ‘अब त अस्पतालमा पनि ताला लगाउन थालेछन् हामीजस्ता गरिबलाई बिरामी परेर अस्पतालमा आउँदा मर्नुको बिकल्प रहेन ।’
त्यस्तै सुनसरीको चिमडीबाट आएकी अस्मिता चौधरी पनि गेटमा लगाइएको ताला देखेर फकिर्कईन् । सरकारले अस्पतालजस्तो संबेदनशिल ठाउँमा राजनीति नगर्न भनेपनि अस्पतालका चिकित्सक डाक्टरहरुले नै समायोजनको बिरोध गर्दै ताला लगाएका हुन् ।
चिकित्सक संघ केन्द्रको निर्णय अनुसार उनीहरु सरकारले गरेको कर्मचारी समायोजनको बिरोधमा आन्दोलनमा उत्रिएका हुन् । कोशी अञ्चल अस्पतालको बिगत ३ दिनदेखि ओपीडी स्वास्थ्य सेवा ठप्प छ । यसको असर आएका बिरामीले भोग्नु परेको छ ।
विरामीको सेवा भन्दा स्वार्थमा केन्द्रीत रहेका डाक्टरका कारण दैनिकी एक हजार भन्दा बढी विरामीहरु कोशी अञ्चल अस्पतालको ओपीडी सेवामा पाउनबाट वञ्चित भएका छन् ।
डाक्टर रन्जु देवले केन्द्रको निर्णय अनुसार आन्दोलन गरिएको बताईन् । विरामीलाई सास्ती दिनु कुनै रहर नभएको बताईन् । सरकारले चिकित्सक डाक्टरहरुको कुरा नसुन्दा यो अबस्था आएको उनको तर्क छ ।
डाक्टरहरुले आफ्ना माग राख्नु जयज नै होला तर स्वार्थ गाँसिएको मागका बिषयलाई लिएर गरिएको आन्दोलनले बिरामी भने हैरान् छन् । आन्दोलनका कारण कसैले अकालमा ज्यान गुमाए त्यसको जिम्मेवार को हुने ? यस बिषयमा गम्भिर हुनु जरुरी छ ।

यस्ताे भिडियाे

https://www.facebook.com/ourbrt/videos/288385668729503/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्