विराटनगरको उद्योग संगठन मोरङ उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा सम्मानित

<span class='c1'>विराटनगरको उद्योग संगठन मोरङ उत्कृष्ट</span> <span class='c2'>उद्योग वाणिज्य संघको रुपमा सम्मानित</span>

विराटनगर, २९ चैत ।
उद्योग संगठन मोरङलाई उद्योग वाणिज्य क्षेत्रका उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । बिहिवार उद्योग वाणिज्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।
आर्थिक विकासको मुल आधार, सह–अस्तित्व उद्योग र व्यापार भन्ने मुल नाराका साथ २०२४ सालमा स्थापित उद्योग संगठन मोरङलाई नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा सम्मान गरिएको संगठनले जनाएको छ ।

औद्योगिक, व्यवसायीक क्षेत्रको विकास तथा विस्तारमा संगठनले पु¥याएको योगदानको कदर प्रदान गरिएको कदर पत्र संगठनका अध्यक्ष भिम घिमिरेले ग्रहण गरे ।

उद्योग-व्यवसाय क्षेत्रको हितलाई ध्यानमा राखी संगठनले यस क्षेत्रको विकास र विस्तारमा व्याप्त वाधा, अड्चनका साथै समस्या उठानमा खेलेको भूमिका र समस्या समाधानका लागि प्रस्तुत गरेको अवधारणालाई सम्वोधन गर्न प्रधानमन्त्रीको निर्देशनमा अर्थ मन्त्रालयको नेतृत्वमा गठन भएको उच्चस्तरीय कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका सन्दर्भमा, वैंकिङ, विमा क्षेत्रका साथै स्थानीय निकायहरुबाट लगाउँदै आएको करका सन्दर्भमा संगठनले उठाएको विषय हुन् ।

बिशेषगरी औद्योगिक क्षेत्रको समस्याको पहिचान र समाधानको खोजीमा सरकारसंग खेलेको समन्वयात्मक भूमिकाको बारेमा पनि चर्चा भएको थियो ।
औद्योगिक/व्यवसायीक विकासका साथै प्रदेश नं. १ का अन्य जिल्ला-नगर उद्योग वाणिज्य संघहरुको सुदृढिकरणका लागि संगठनको भूमिका, सदस्य उद्योग-प्रतिष्ठानहरुको समस्या समाधानका लागि संगठनको तत्परताको उचित मूल्यांकन गर्दै महासंघले ५३ औं वार्षिक साधारण सभाको अवसरमा संगठनलाई कदर सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्