मोरङ लेटाङको एउटा विद्यालय जहाँ कक्षा १ मा एक जना मात्र बिद्यार्थी

<span class='c1'>मोरङ लेटाङको एउटा विद्यालय जहाँ कक्षा</span> <span class='c2'>१ मा एक जना मात्र बिद्यार्थी</span>

भूमिका पाख्रिन,
लेटाङ, २९ चैत ।
कक्षा १ मा १ जना विद्यार्थी । सुन्दापनि अनौठो लाग्ने यो कुरा दुरदराजको विद्यालयको पक्कै होइन । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ५ स्थित श्री करमबोटे प्राथमिक विद्यालयको हो । यो बिद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्दछ । ५ कक्षासम्म कुल ३५ जना विद्यार्थी अध्ययन गरीरहेका छन् । जहाँ कक्षा १ मा ३ जना विद्यार्थी भर्ना भएतापनि हाल कक्षामा १ परिक्षा दिने बेलासम्म एकजना मात्र विद्यार्थी उपस्थित भए ।

विद्यालयमा हाल दरबन्दी ३ जनाको रहेको छ । जसमध्ये १ जना स्थायी शिक्षक र दुई जना राहत कोटामा अध्यापन गराइरहेका छन् । त्यसैगरी १ जना कार्यालय सहयोगी र अर्को बाल कक्षा पढाउनका निम्ती सहायक कमचारी गरी जम्मा ५ जना शिक्षक बिद्यालयमा छन् ।
विभिन्न समयमा जिल्ला शिक्षा कार्यालय मोरङ, जिल्ला विकास समिति मोरङ, लेटाङ नगरपालिका र विभिन्न गैह्र सरकारी संस्थाहरुको पहलमा बनेका भवनका संरचना भने राम्रा छन् । शौचालय, धारा पानीको मात्र नभई विजुली बत्तीको पनि विद्यालयमा सुविधा रहँदा रहँदै पनि बिद्यालयमा बिद्यार्थी ल्याउने कामा विद्यालय ब्यवस्थापन समितिको ध्यान नगएको जस्तो देखिन्छ ।
केही विद्यार्थीहरु कक्षा ५ सम्म सोही विद्यालयमा अध्ययन गर्ने गरेतापनि ५ कक्षा पछि नजिकैको श्री शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने र केही समय पढे लगत्तै पढ्न छोड्ने गरेको स्थानीय बताउछन् ।
त्यसो त विद्यालयले सञ्चालन गरेको बाल कक्षामा विद्यार्थी उपस्थित हुने र कक्षा १ पढ्ने बेला अर्को विद्यालयमा भर्ना हुने वा निजि विद्यालयमा पढाउने गरेको विद्यालय प्रशासनको भनाई छ ।
पारिवारिक आर्थिक अवस्था राम्रो भएकाहरु निजी विद्यालयमा जाने र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका विद्यार्थीहरु मात्रै विद्यालयमा अध्ययन गर्न आउने विद्यालयकी प्रधानाध्यापक निर्मला बास्तोलाको भनाई छ ।
विशेष गरी कसैको बाबु नभएका, कोही आमाले छोडी गएका, कोही आफन्तकोमा बसेकाहरु मात्र पढ्न आउने हुँदा पढ्न उत्प्रेरित गर्ने परिवारमा कोही नहुनालेपनि विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या घट्दो अबस्थामा रहेको भन्दै बिद्यलय अभिभावकलाई दोष लगाउँदै उम्कीने प्रयासमा छ ।
विद्यार्थी भाग्ने समस्या
विद्यालयमा गेट नहुँदा विद्यार्थीहरु टिफिन टाइम मै घर निस्किने गरेकालेपनि हाल लेटाङ नगरपालिकासँग गेटका लागी समन्वय भई रहेको प्रधानाध्यापक बाँस्तोला बताउँछिन् । वि.सं. २०४९ सालमा स्थापना भएको विद्यालयले २०७४ अघि कुनैवर्षपनि विद्यालयको वार्षिक उत्सव मनाएको थिएन । २०७४ माघ ६ गते रजत जयन्ती मनाएदेखि भने विद्यालयले वार्षिक उत्सव मनाउने कार्यलाई निरन्तरता दिदै आएको छ ।
विद्यार्थी नआउने अनी आएपनि एक बर्षसम्म टिकाउनै समस्या हुने गरेपछि बिद्यालयले अंग्रेजी माध्यामको पढाईको तयारी थालेको छ । नयाँ शैक्षिक सत्रको शुरुवातीसँगै कक्षा ३ सम्म अंग्रेजी माध्यामबाट पढाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर खत्रीले बताए । ‘विद्यार्थी नै नआउने भएपछि अब अंग्रेजी माध्याम पढाउँदा बिद्यार्थी आउँछन्की भन्ने आशा गरेका छौ, उनले भने, ‘आगामी शैक्षिक सत्रबाट विद्यालयले ३ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाउने निधो गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्