विराटनगर, ३० चैत ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिको लागि भवन सिलान्यास भएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले भवनको सिलान्यास गरेका हुन् । आज एक कार्यक्रमको आयोजना गरी विराटनगर ५ को चाँदनी चौक नजिक भवनको शिलन्यास गरिएको हो ।
विराटनगर महानगरपालिकाले प्रदान गरेको एक कठ्ठा जमिनमा अत्याधुनिक भवनको शिलन्यास भएको नेपला पत्रकार महासंघ प्रदेशका अध्यक्ष बिक्रम लुईटेलले जानकारी दिए । भवन बनाउनको लागि प्रदेश सरकारले ४० लाख सहयोग गरेपछि महासंघले आफ्नै भवन बनाउने काम शुरु गरेको हो । आगामी आर्थिक बर्ष भित्रमा निर्माण पुरा गर्ने गरी भवन निर्माणको काम शुरु भएको लुईटेलले बताए ।
विराटनगर महानगरले जग्गा उपलब्ध गराए पछि प्रदेश सरकारले दिएको आर्थिक सहयोगलाई सदुपयोग गर्नेगरी भवन निर्माणको काम शुरु भएको हो । तीन तला हुने भवन १८ सय वर्ग फुटमा बन्नेछ । पहिलो तलामा व्यवसायिक योजनासहितका सटर र पुस्तकालय बन्नेछ । त्यस्तै दोस्रो तलामा कार्यालय र बैठक कक्ष हुनेछ । तेस्रो तलामा भने ३ सय व्यक्ति अट्न सक्ने सभाहल हुने जनाईएको छ ।