विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु, सुरक्षित छैनन पोल सार्ने कर्मचारी

<span class='c1'>विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु,</span> <span class='c2'>सुरक्षित छैनन पोल सार्ने कर्मचारी</span>

विराटनगर, ३ बैशाख ।
विराटनगरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । बिराटनगरको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतको पुर्बमा रहेको निर्माणाधिन सडक नजिकैको पोलमा करेन्ट लागेर एकजनाको ज्यान गएको हो ।

यसरी ज्यान जानेमा पर्सांको सखुवापर्सेनी गाउँपालिका १ का भोजराज दुलाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनी आशिष कन्ष्ट्रक्सनको पेटी ठेकेदार कर्मचारी रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेका दुलालको नजिकै रहेको गोल्डेन अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

विराटनगरमा विकासको काम सँगै बिजुलीको पोलहरु सार्ने काम भईरहेको छ । बिजुलीको पोल सार्ने  ठेक्का लिएको आशिष निर्माण सेवाले लगाएको पेटी ठेकेदारले बिजुलीको पोल सार्दा उनको ज्यान गएको डिएसपी श्रेष्ठले बताए ।
बिजुलीको लाईन काटिएको भएपनि उनलाई नजिकै रहेको सरकारी वकिल कार्यालयको जेनेरेटरकाे करेन्ट ब्याक भएर  त्यसको झड्काले ज्यान गएको ठेकेदार कम्पनीको भनाई छ ।

आशिष निर्माण सेवाका कर्मचारी नितेश हुमागाईँका अनुसार जेनेरेटरको करेन्ट ब्याक भई आएर दुलाललाई करेन्ट लागेको हो । दुलाल बिगत १ बर्ष देखि यसरी बिजुलीको पोल सार्ने र तार लगाउने कार्यमा आबद्ध रहँदै आएका थिए ।
यो सहित बिराटनगरमा पोल सार्ने क्रममा करेन्ट लागेर २ जनाको ज्यान गईसकेको छ । भने २ जनालाई करेन्ट लागिसकेको छ ।

केही दिन अगाडि मात्र आवर विराटनगर डट नेटले सम्भावित जाेखिमकाे बारेमा समाचार प्रकाशन गरेकाे थियाे ।

https://ourbiratnagar.net/2019/04/82091

https://ourbiratnagar.net/2019/02/76282

https://ourbiratnagar.net/2019/03/78470

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्