विराटनगर, ५ बैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज विहानै देखि देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट छुट्ने लामा दुरीका सवारीका साधनहरु सञ्चालनमा आउन सकेकाे छैन । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।
विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ । सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो समूहमाथि तीब्र धरपकड जारी राखेको छ ।