विराटनगरको धुधुवा पैनीको अतिक्रमण महानगरले हटायो

<span class='c1'>विराटनगरको धुधुवा पैनीको</span> <span class='c2'>अतिक्रमण महानगरले हटायो</span>

विराटनगर, ६ बैशाख ।
विराटनगर–६ स्थित धुधुवा पैनी अतिक्रमण गरेर निर्माण गरिएका टहरा भत्काइएको छ । एस्काभेटरसहित पुगेको विराटनगर महानगरपालिकाको नगर रक्षकको टोलीले पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको हो ।

नापजाँच गर्दा टहरा निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको पुष्टि भएपछि भत्काउने आदेश दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।
उनले जग्गाको नापजाँचबाट सो जग्गा सार्वजनिक भएको पुष्टि भएपछि टहरा निर्माण गर्न लागेका व्यक्तिहरुलाई टहरा हटाउन २४ घन्टे सूचना दिइएको तर सूचनाको अटेर गरेका कारण भत्काउन लगाइएको बताउनुभयो । प्रहरीसहित पुगेको टोलीले टहरा भत्काउन सुरु गरेपछि स्थानीय केही व्यक्तिले शक्ति केन्द्रमा फोन गर्दै तत्काल भत्काउन नदिने भन्दै २४ घन्टाको समयसमेत मागेका थिए । सो ठाउँमा धुधुवा पैनीको जग्गा अतिक्रमण गरेर ७ वटा टहरा निर्माण गर्न लागिएको विषयमा मकालु टेलिभिजनले प्रशारण गरेको थियो । मकालु टेलिभिजिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्