विराटनगरमा विहानै देखि बर्षा, आज देश भरकै माैसम बदली हुने

<span class='c1'>विराटनगरमा विहानै देखि बर्षा, आज</span> <span class='c2'>देश भरकै माैसम बदली हुने</span>

विराटनगर,१० बैशाख । विराटनगरमा बिहानैदेखि बर्षा शुरु भएको छ । रिाटनगर लगायतका पुर्बका अधिकांश स्थानमा पानी गरेको हो । बिराटनगरमा बिहानैदेखि गन्तब्यमा हिँडेका सर्बसाधारणलाई बर्षाका कारण समस्या भएको छ । बिहान मेघ गर्जन सहित बर्ष भएको हो ।

देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्र तथा पश्चिमको पहाडी क्षेत्रको मौसम सामान्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै बाँकी क्षेत्रको मौसम पनि आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ ।

पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ । यस्तै हुरीबतास चल्ने सम्भावना पनि रहेको छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र दिनभरको अवस्था लगभग यस्तै रहने जनाइएको छ । हल्का पानी पर्ने सम्भावना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्