ढुङ्गा प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

<span class='c1'>ढुङ्गा प्रहार गरी</span> <span class='c2'>श्रीमतीद्वारा श्रीमानको हत्या</span>

पाल्पा, १० बैशाख ।  ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको हो । मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्