उदयपुरको राैतामाईमा १२ परिवारमा काम्ने समस्या, तथ्य पत्ता लगाउन आग्रह

<span class='c1'>उदयपुरको राैतामाईमा १२ परिवारमा काम्ने समस्या,</span> <span class='c2'> तथ्य पत्ता लगाउन आग्रह</span>

विराटनगर, १० वैशाख । प्रदेश सभाका सांसदले १ नम्बर प्रदेशको क्षेत्रलाई प्रदेश २ ले देश २ ले आफ्नो गतिबिधि चलाएपछि प्रदेश सभामा यस बारेमा प्रश्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभाको मंगलवारको बैठकमा उदयपुर जिल्लाको साबिकका भलायडाँडा, पञ्चावती र रिस्कु सहित त्रिबेणी गाविसका क्षेत्रलाई २ नम्बर प्रदेशले आफ्नो भन्ने गरेको बताएका हुन् । प्रदेश सभामा बोल्दै उदयपुरका सांसद नारायणबहादुर मगरले चुरेदेखि दक्षिणमा ठुलो भुभाग प्रदेश १को रहेकोले त्यो जग्गा सबै उदयपुरको रहेको भएपनि पछिल्लो समय २ नम्बर प्रदेशले गतिबिधि बढाएको जानकारी दिए । उनले त्यो क्षेत्रका जनताको ध्यान २ नम्बर प्रदेशमा नै जान थालेकोले अब त्यो बारेमा प्रदेश सरकारलाई गम्भिर बन्न मगरले आग्रह गरे ।

जग्गाधनी पुर्जा तथा नागरिकता समेत उदयपुर जिल्लाको रहेको भएपनि २ नम्बर प्रदेशले गतिबिधि बढाएकोले स्थानीयको ध्यान त्यही प्रदेश तर्फ गईरहेको सुनाए । सदरमुकाम पुग्नको लागि सहज बाटो नभएको तथा हरेक काममा २ नम्बर प्रदेश भएर नै सदरमुकाम गाईघाट जानु पर्ने बाध्यताले गर्दा उनीहरुको मन २ नम्बर प्रदेश तर्फ ढल्किएकोले तत्काल त्यसमा सरकारले ध्यान दिनु पर्ने बताए ।

समालका १२ घरसबै परिवार काम्ने 

प्रदेश सभामा बोल्दै सांसद मगरले रौतामाई गाउँपालिकाको १२ घर समाल (मगर) परिवारका सबै काम्ने समस्याबाट ग्रसित रहेको प्रदेश सभालाई जानकारी गराएका छन् । ती १२ घर परिवारका मध्ये अधिकांश २८–३० बर्षको बिचमा काम्ने समस्याले गर्दा धेरैको घर बिग्रिएकोले समस्या भएको बताए । ‘अहिले पनि ति १२ घरका सदस्यहरुमा जिउ काम्ने समस्या छ, उनले भने, ‘२८–३० बर्ष पुदा जिउ हल्लिने, काम्ने, नाचेको जस्तो हुने समस्या रहेको छ।’ उनले यो समस्या १२ घर परिवारमा मात्र किन भयो यो बिषय अध्ययन हुनु पर्ने माग अघि सारे । काम्ने समस्याका कारण केटाहरु ३० बर्ष पुगेपछि काम गर्न नसक्ने तथा विवाह गरेर ल्याएर महिलाहरु समेत घरको त्यस्तो समस्या देखेपछि अन्यत्रै विवाह गरेर जाने समस्या रहेको जानकारी दिए । विवाह गरेर गएका छोरीहरुको बिवाह भएर गएपछि समेत काम्ने समस्या हुँदा हेला गर्ने गरेको बताउँदै सांसद मगरले प्रदेश सरकारले तत्काल विज्ञ समुह बनाएर त्यो बारेमा तथ्य पत्ता लगाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्