डरलाग्दाे बन्दै छ धर्म परिवर्तनको परिणाम, सुनसरीमा देखियाे यस्ताे घटना

<span class='c1'>डरलाग्दाे बन्दै छ धर्म परिवर्तनको परिणाम,</span> <span class='c2'> सुनसरीमा देखियाे यस्ताे घटना</span>

विराटनगर, १२ बैशाख ।  संविधानमा धर्म निरपेक्ष मुलुक घोषणा भएसँगै मुलुकमा विभिन्न धर्मको पहुँच बाक्लिँदै गएको छ। विशेषतः मुलुकको ग्रामीण भेगमा केही धर्मका अनुयायीहरुले सर्वसाधारणमा विभिन्न लोभलालच देखाएर धर्म परिवर्तन गराउने काम गरेको देखिन्छ।

यसैको पछिल्लो घटना सोमबार सुनसरीको इटहरीमा देखापरेको छ। १३ वर्षअघि सुखको खोजीमा अभिषेक कार्की इसाई धर्मतर्फ आकर्षित भए। सोही क्रममा उनको भेट कोरियाली मुलकका सोंङ जा हुनसँग हुनपुग्यो।

हुन पादरीको रुपमा परमेश्वरको मण्डली विश्व सूसमाचार समाज सियोन चर्चमा धर्मको माध्यमबाट सुख शान्तिको प्रवचन दिँदै हिँड्थे। अभिषेक पनि उनैसँग होष्टेमा हैँसे गर्दै लागे।

सबैकुरा भने जसरी अघि बढ्दै गयो अभिषेकका लागि। यसैबीच अभिषेकले आयुषी चौधरीसँग विवाह गरे। चौधरी ११ वर्षदेखि सोहि धर्ममा आवद्ध थिइन्। सोही क्रममा दुवैबीच प्रेम भयो। कार्कीका अनुसार सन् २०१२ मा विश्व ध्वस्त हुने भन्दै हुनले चर्चका अनुयायीहरुलाई विवाह तथा बालबच्चा जन्माउन नहुने भन्दै आएका थिए। पादरी हुनको विश्वासपात्र बन्दै गएका कार्की र चौधरीले पनि उनको कुरामा सहमति जनाउँदै गर्भपतन गराएको गुनासो गरेका छन्।

चौधरीले भनिन्, ‘चर्चमा पादरीको कुरामा लागेर २० वर्षकै उमेरमा श्रीमान् अभिषेकको परिवार नियोजन गरायौँ। तर पछि गर्भ बस्यो। कसरी भयो भन्दै जाँदा उत्तर आएन। श्रीमान् श्रीमतीबीच सम्बन्ध समेत चिसियो। यसबेला पनि हामीहरु चुप भएर बस्यौँ।’

त्यसैगरी, कार्कीले भने परमेश्वरको विरोध गरेको आरोपमा चर्चका पदाधिकारीहरुले दुःख दिएको गुनासो गरेका छन्। घटनाको बारेमा प्रष्ट्याउँदै कार्कीले भने, ‘परमेश्वरको विरोध गरेको कसले सुनेको थियो। कहाँ विरोध गरेँ मैले। मलाई फसाइयो। इसाई धर्ममा लागि रहँदा भएको जग्गा समेत बेचेँ।’

कार्कीले आफूले हुनलाई विभिन्न १५ प्रश्नको उत्तर माग्ने क्रममा घटना बढ्दै गएको बताएका छन्। हुनले सन् २०१२ विश्वमा प्रलय हुन्छ भन्दै हिँडेको र अहिलेसम्म केही नभएको, सन्तान जन्माउन नहुने कारण के रहेछ भन्ने प्रश्न राख्दै जाँदा आफूलाई इसाई धर्म विरोधीका रुपमा चित्रण गर्दै आक्रमण गरिएको पीडित कार्कीको भनाइ छ। आस्थाका साथ अघि बढिरहँदा जिज्ञासा समाधान गर्नुको साटो हान र उनीसंग रहेका अन्य निकटस्थले आफूहरुलाई फसाएको आरोप कार्की परिवारको छ।

यसैबीच गत वैशाख ८ गते पादरी हुनको अगुवाईमा स्थानीय अनु राईको घरमा बसिरहेको अवस्थामा अभिषेक र आयु आयुषीमाथि आक्रमण भएको पीडित परिवारले जनाएको छ।

कार्की परिवारले आफूहरुलाई पादरी हुनले कोरिया लैजाने समेतको प्रलोभन दिएको आरोप लगाएका छन्। कार्कीकी आमाले अभिषेकलाई कोरिया लैजाने प्रलोभन दिएपछि छोराकै लहलहमै लागेर भएको जग्गा सम्पत्ती चर्चलाई दिएको बताइन्।

यद्यपी, घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी राजन अधिकारीले भने घटनामा संलग्न दुवै पक्षलाई झिकाएर सत्यतथ्य बुझ्न निर्देशन दिएको बताए।

अर्कोतर्फ ईलाका प्रहरी कार्यालय इटहरीले इसाई धर्मावलम्बी संस्था र कार्कीबीचको आन्तरिक विवाद भनिरहेको छ। लामो समय संस्थामा काम गर्दागर्दै केही विषयमा विवाद हुन पुगेको र त्यसको असर हाल देखिएको बुझाइ कार्यालयको रहेको छ।

कार्यालयका प्रहरी प्रमुख डिएसपी समिरचन्द्र खनाल भन्छन्,‘पछिल्लो केही समय यता दुवै पक्षबीच असमझदारी भएको देखिन्छ। संस्थामा काम गर्दै आएका कार्कीलाई कामबाट विमुख गराएपछि त्यसले तिक्तता बढेको देखिएको छ।’ २०१२ को कुरालाई यतिबेला ७ वर्षपछि ल्याउनुको पछाडि अरु कुनै कुरा जोडिएको हुनसक्ने डिएसपी खनालले बताए।

चर्चका केही पदाधिकारीहरुले आफूमाथि कुटपिट गरेको विषयमा जाहेरी दिँदा समेत प्रहरीले वास्ता नगरेको पीडित कार्की पक्षको गुनासो रहेको छ। आन्तरिक विवाद भन्ने प्रष्ट्याएको प्रहरीले यस घटनामा पीडित र पीडक पक्ष दुवैले शान्ति सुरक्षा पाउँ भनि उजुरी दिएको जनाएको छ। प्रहरीका अनुसार कोरियन नागरिक कहिले काहिँ चर्चमा आउने गरेको र घटना भएयता नदेखिएको जनाएको छ।

प्रहरीले घटनामा मुछिएका कोरियन नागरिकको भिषाको विषयमा छानवीन गर्ने जनाएको छ। तथापि घटना भएयता कोरियन नागरिकको अवस्था गुमनाम रहेको छ। साभार: देश सञ्चार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्