विराटनगर विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ

<span class='c1'>विराटनगर विमानस्थलबाट लागु औषध</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

विराटनगर, १४ बैशाख ।
विराटनगर बिमानस्थलबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने बर्ष २६ का डेनी भनिने दनिल राईले लुकाई छिपाई काठमाडौँ लैजान लागेको लागु औषध नियन्त्रणमा लिएको हो । राईले डाईजेल्याव १५, लुपिजेसिक १५, फेनारगन १५, र एभिल १५ एम्पुल गरी जम्मा ६० एम्पुल बोकेर बिमान चढ्न जाने क्रममा चेकजाँच गर्दा उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । ा
पक्राउ परेका राईलाई मोरङ जिल्ला अदालतबाट लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्