अज्ञात रोगले हुम्लामा आठ जनाको मृत्यु, सरकारकाे वेवास्ता

<span class='c1'>अज्ञात रोगले हुम्लामा आठ</span> <span class='c2'>जनाको मृत्यु, सरकारकाे वेवास्ता</span>

जुम्ला, १४ बैशाख ।  शुरुमा टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने र पखालालाग्ने लक्षणको रोगले हुम्लामा ८ जनाको मृत्यू भएको छ एकसातादेखि फैलिएको रोगबाट ताँजाकोट गाउँपालिका वडा नं. १, २ र ३ मा आठ जनाको मृत्यू भएको वडा नम्बर ३ का अध्यक्ष परिमल सुनारले बताए ।

उनका अनुसार गाउँमा एक दर्जनभन्दा बढी मानिस बिरामी परेका छन । स्वास्थकर्मीले रोगको पहिचान गर्न नसकेको उनले बताए । “रुघाखोकी लाग्ने, बढि ज्वरो आउने र अलिकति पखाला लाग्ने गरेर बालबालिका र बुढाबाटुला गरी ८ जनाको मृत्यू भएको छ” उनले भने “वैशाख १ गतेदेखि गाउँमा यस्तो समस्या देखिएको हो ।”

मृत्यु हुनेमा ताँजाकोट वडा नं. –१ का कुशुमा रिठाल (७०) र सुरजित खड्का (६०), वडा नं २ का रङ्गे कोली (५५) र सुनकेसा सुनार (७) रहेका छन् । त्यस्तै वडा नं ३ की अम्मकली मल्ल (७०), बज्जीरे सुनार (७५), लक्ष्य सुनार (५५) र १० महीनाका बालक सञ्जिव थापा रहेका छन् ।

ताँजाकाेट गाउँपालिका सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा छ ।

अध्यक्ष र प्रशासकिय अधिकृत जिल्ला बाहिर

गाउँमा रोग फैलिएर मानिसहरुको मृत्यू भएपनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत जिल्ला बाहिर हिँडेका छन् ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर शाही २० वैशाखमा हुने सहकारी सम्बन्धी तालिमको लागि सुर्खेत पुगेका छन् । गाउँपालिका अध्यक्ष बागचल छन्त्याल मल्ल काठमाडौ. उडेका छन् ।

“मन्त्रालमा गाउँपालिकाका लागि योजनाहरु माग्नका लागि उहाँ काठमाडौं जाँदै हुनुहुन्छ” उनले भने “२० गतेको सहकारीसम्बन्धि तालिम सकेर हामी सँगै फर्कन्छौँ ।”

अध्यक्ष काठमाडौं गएकोले त्यहाँको समन्वय आफूले गरको वडा नं. ३ का अध्यक्ष सुनारले बताए । “सबै वडाबाट रिपोर्ट संकलन गरेको छु”, उनले भने “पालिकामा भएको औषधी र फार्मेसीको औषधी ल्याएर घर घरमा पुगेर बाँडेका छाै‌ं ।”

विज्ञ टोली कहिले पुग्छ अलमल 

गाउँमा रोग फैलिएर मानिसहरुको मृत्यू भएपनि समस्या समाधानका लागि स्थानीय सरकारको समन्वय अभाव देखिएको छ ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले प्रदेशबाट २० वैशाखमा मात्रै टोली पुग्ने जानकारी दिए।

तर प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले भने भोली नै विज्ञ टोली रोग प्रभावित गाउँमा पुग्ने जानकारी दिए ।

“प्रदेश सामाजिक विकास मन्त्रालयको टोली आज हिँडिसकेको छ । नेपालगञ्जबाट कोल्टी हुँदै भोली सम्बन्धित ठाउँमा पुग्छ ”, उनले भने “हामीले पनि जिल्लाबाट औषधी सहितको टोली पठाउने तयारी गरेका छौँ ।” जिल्ला सदरमुकामबाट ताँजाकोट गाउँपालिका पुग्न तीन दिन लाग्ने उनले बताए । “रोग पहिचान र उपचारका लागि २० वैशाखमा मात्र प्रदेशबाट स्वास्थ्यकर्मीको टोली आउने भन्ने कुरा भएको छ ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्