गाउँलेलाई दुख दिएको भन्दै वडाध्यक्षलाई कारवाहीको माग, यस्ता छन् स्थानीयका माग

<span class='c1'>गाउँलेलाई दुख दिएको भन्दै वडाध्यक्षलाई कारवाहीको</span> <span class='c2'>माग, यस्ता छन् स्थानीयका माग</span>

विराटनगर, १४ बैशाख । मोरङको बेलबारी नगरपालिका–६ का वडाध्यक्ष राजु भनिने उदय राईलाई स्थानीयबासीले कारवाहीको माग गरेका छन् ।

वडाध्यक्षले वडामा हुने कुनै घटनाको सत्य तथ्य नबुझि अनर्गल प्रचार गराउने र सर्वसाधारणलाई प्रहरी लगाएर दुख दिने गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गरेका हुन् ।

बेलवारमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर ठूलो संख्यामा उपस्थित भएका स्थानीयबासीहरुले वडाध्यक्षले वडामा हुने घटनाबारे जानकारी नलिइ आफन्तको बहकावमा अरुलाई जवरजस्ती प्रहरी लगाएर दुख दिने मात्र गर्ने गरेको आरोप लगाए ।

बोराबाँधकी २७ वर्षीया सिर्जना राईको मृत्यु भएको घटनाबारे अनर्गल प्रचार गरेर परिवार र समाजकै वदनाम गरिएको भन्दै परिवार र गाउ“लेले आपत्ति जनँउदै कारवाही गर्न माग गरेका हुन् ।

सिर्जनाको मृत्युपछि शव पोष्टमार्टमको प्रक्रियामा गएदेखि नै सिर्जनाका माइती पक्षले हत्या भएको भनेर सामाजिक सञ्जालमा दुस्प्रचार र मिडियावाजी गरेको पर्वतको परिवार र गाउ“लेको भनाइ छ ।

‘श्रीमतीको मृत्यु हुँदा त्यसको पीडा आफैँलाई थियो । काजक्रिया समेत गर्न नदिइ प्रहरी आउने, थाना लैजाने काम भयो ।’ सिर्जनाका काका वडाध्यक्ष उदयवहादुर राईले नै गलत आशय राखेर प्रहरीमा जाहेरी दिने, प्रहरी खटाएर दुख दिने र हत्या भएको हो भनी दुस्प्रचार गरेको पर्वतकी दिदी शान्ति राईले बताइन् । सिर्जना र पर्वतबीच ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको ४ वर्षे छोरा पनि छन् । जितेन्द्र/अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्