विराटनगरका विभिन्न स्थानमा ५ वटा आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने

<span class='c1'>विराटनगरका  विभिन्न स्थानमा ५ वटा</span> <span class='c2'>आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने</span>

विराटनगर, १४ बैशाख ।  विराटनगर महानगरपालिकाले आउँदो अषाढ मसान्त भित्र कम्तीमा ५ वटा आकाशे पुल तथा अन्य भौतिक पूर्वाधारको निर्माण कार्य सुरु गर्ने जनाएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रमा ५ वटा आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने बताए । उनले भने, “नगरको दक्षिणतर्फ भारतीय सीमावर्ती क्षेत्र रानीमा आकाशे पुलसहितको आकर्षक स्वागतद्वार बन्नेछ। त्यसैगरि, उत्तरतर्फ बुढीगंगा गाउँपालिकाको सीमा क्षेत्रमा नयाँ स्वागतद्वार निर्माण हुनेछ।”
हाल उत्तरतर्फ रहेको स्वागतद्वार भने सडक विस्तारका क्रममा भत्किने बताएका मेयर पराजुलीले भने, “हाल बुढीगंगा गाउँपालिका र महानगरको सीमाक्षेत्रमा अवस्थित प्रवेशद्वार पनि भत्किने र त्यहाँ नयाँ स्वागतद्वार बन्नेछ।”

रानीमा निर्माण हुने आकाशे पुलसहितको स्वागतद्वारका लागि डिपिआर सुरु भइसकेको मेयर पराजुलीले जानकारी दिए। उनले भने, “यसका लागि करिब ४ करोड रुपैयाँ लाग्ने अनुमान महानगरले गरेको छ। कलात्मक र आकर्षक स्वागतद्वारका लागि महानगरपालिकासहित, प्रदेश सरकार र उद्योग संगठन मोरङको आर्थिक सहयोग रहनेछ।”

बढ्दो जनघनत्व, सडक सञ्जाल र ट्राफिक समस्यालाई राहत पुग्ने हेतुले महानगरपालिकाले कञ्चनवारी , बरगाछी, भट्टी मोड(घाँसचौंक), बसपार्क क्षेत्रमा गरि ४ वटा आकाशे पुल निर्माण गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार, बिकास निर्माणका क्रममा महानगरको मुख्य ६ लेनको सडकमा आकाशे पुलको निर्माण हुनेछन्।   अषाढ मसान्तसम्ममा ६ लेनको सडक निर्माण भइ हस्तान्तरण भइसक्ने र त्यसपछि आकाशे पुलको निर्माण कार्य सुरु हुने उनले स्पस्ट पारे।

उनले भने, “प्रदेश एकका मुख्यमन्त्री शेरधन राईकै पहलमा भारतसंग जोडिएको सीमामा आकाशे पुलसहित कलात्मक स्वागतद्धार निर्माण गरिन कार्य पनि अघि बढेको छ।”

प्रदेश एक आन्तरिक मामिला मन्त्रालय अन्तर्गत निर्माणाधीन सडक सुशासनको कार्ययोजना अन्र्तगत सीमावर्ती क्षेत्र रानीबाट उत्तरतर्फ महानगर प्रवेशद्वार बुढीगंगा गाउँपालिकाको सीमासम्म कम्तीमा ४ वटा आकाशे पुल निर्माण हुनेछ।

वर्षातको समय नजिकिएको बताएका अधिकृत अधिकारीले एशियाली विकास बैंकको जारी विकास निर्माण परियोजना अन्तर्गत सडक ढल निर्माणको कार्यका लागि दैनिक बैठक बस्दै कार्य सम्पन्न गर्न उन्मुख रहेको बताए। महानगरपालिका भित्र निर्माणाधीन सडक, ढल तथा नालाको निर्माणकार्य आउँदो असोज÷कार्तिक महिनाभित्र सम्पन्न गर्नुपर्ने महानगरपालिकालाई चुनौति रहेको छ।

सोही क्रममा महानगरपालिकाले एशियाली विकास बैंकको जारी विकास निर्माण परियोजनाको भौतिक र वित्तीय प्रगतिमा ५० प्रतिशत कार्य सम्पन्न भएको दाबी गरेको छ। निर्माणका क्रममा नागरिकले ब्यहोर्नु परेको असहजतालाई ध्यानमा राख्दै महानगरपालिकाले स्वास्थ्य क्षेत्र अस्पताल, सरकारी कार्यालय, विद्यालयलाई प्राथमिकतामा राख्दै आएको जनाएकोछ।

त्यसैगरि महानगरपालिकालाई समृद्ध बनाउनका लागि विज्ञहरुको टोलीले महानगरलाई बिराट राजाको दरबार, विद्युतीय शवदाह गृह, पार्क, सिप विकासका लागि भवन, सुकुम्बासीका लागि सिंघिया र केशलिया खोलानजिक जमिनसहितको करिब १२ सय वटा घर निर्माण गरिदिन सुझाव दिएको छ । देश सञ्चार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्