मौसम : मेघगर्जन र हुरीबतास सहित पानी पर्ने संभावना

<span class='c1'>मौसम : मेघगर्जन र हुरीबतास</span> <span class='c2'>सहित पानी पर्ने संभावना</span>

काठमाण्डौ,१९ बैशाख । विहिवारकाे माैसम  बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। उनका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ ।

यस्तै केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्