प्रदेशको नाम र राजधानी तोक्ने नेकपा बिहानैदेखि छलफलमा, विराटनगरमा छुट्टाछुट्टै बैठक

<span class='c1'>प्रदेशको नाम र राजधानी तोक्ने  नेकपा</span> <span class='c2'> बिहानैदेखि छलफलमा, विराटनगरमा  छुट्टाछुट्टै बैठक</span>

विराटनगर, १९ बैशाख ।
प्रदेश १ को नाम र राजधानीको बिषय टुङ्ग्याउने बारेमा नेकपा बिहानै देखि छलफलमा जुटेको छ । बिहान ८ बजेदेखि विराटनगरको बिग होटलमा शुरु भएको छलफलमा पार्टी भित्र नाम र राजधानीको बिषयमा एक मत गराउने प्रयास जारी छ ।

नेकपाका साबिकका सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका सांसदहरु छलफलमा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब सुबेदीले जानकारी दिए । ८ बजेदेखि शुरु भएको बैैठक अझै सकिएको छैन । जारी बैठक सकिए लगत्तै नेकपाका मोरङ बारेहका कोशी र मेची अञ्चलका सांसदहरुसँग छलफल हुने छ ।
बैठकमा नेकपाको प्रदेश कमिटी इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज साबित्रिकुमार काफ्ले, मुख्यमन्त्री शेरधन राई, संयोजक देवराज घिमिरे र सचिव सुरेशकुमार रार्ई सहित सहभागी छन् ।
नेकपा भित्रको विवादलाई हल गरिए लगत्तै प्रदेश सभाभित्र प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राप्रपा, र संघीय लिम्बुवान राष्ट्रिय मञ्चसँग नेकपाले छलफल गर्दै छ । सर्बदलिय बैठक पछि मात्र नेकपाको संसदीय दलको बैठक हुने प्रेस सल्लाहकार सुबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्