प्रदेशको स्थायी नाम र राजधानी तोक्न सर्बदलिय बैठक विराटनगरमा शुरु, नेकपाको बैठक लम्बियो

<span class='c1'>प्रदेशको स्थायी नाम र राजधानी तोक्न सर्बदलिय</span> <span class='c2'>बैठक विराटनगरमा शुरु, नेकपाको बैठक लम्बियो</span>

विराटनगर, १९ बैशाख ।
प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बारेमा नेकपाको बिहानै देखि बसेको बैठक नसकिँदै सर्बदलिय बैठक शरु भएको छ । विराटनगरमा रहेको बिग होटलमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका नेकपा सांसदहरुको छलफल नसकिँदै सर्बदलिय बैठक शुरु भएको हो ।
सर्बदलिय बैठकमा मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजीव कोईराला, प्रमुख सचेतक केदार कार्की, नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, राप्रपाकी एक मात्र सांसद ईन्दीरा राई, संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी एक मात्र सांसद बिष्णुमायाँ तुम्बाहाम्फे सहभागी छन् ।
नेकपा पार्टी तहबाट प्रदेशको नाम र राजधानीको बिषयमा बिकल्पमा राखेर निश्कर्ष नजिक पुगेपछि सर्बदलिष बैठक शुरु भएको हो । त्यस्तै बिहान ८ बजे देखि बसेको सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका सांसदहरुको बैठक अझै सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्