विराटनगरको कोशी अस्पताल : डाक्टरको त्रुटी ‘समस्या एउटा रिपोर्ट अर्कै’ (भिडियाे रिपाेर्ट)

<span class='c1'>विराटनगरको कोशी अस्पताल : डाक्टरको त्रुटी</span> <span class='c2'>‘समस्या एउटा रिपोर्ट अर्कै’ (भिडियाे रिपाेर्ट)</span>

प्रेम देवान ।
विराटनगर २० वैसाख । विराटनगरका अस्पतालै पिच्छेका फरक फरक रिपोर्ट आएको खुलासा भएको छ । विराटनगरमा डाक्टरको लापारबाहीका कारण गलत रिर्पोट आउने गरेको खुलासा भएको हो ।

विराटनगरमा पछिल्लो समय रोग एउटै तर अस्पताल नै पिछे फरक फरक रिर्पोट आउनु अब सामान्य बन्न थालेको छ । तर यसको परिणाम के हुने भन्ने कोही पनि जिम्मेवार देखिएका छैनन् । कोशी अञ्चल अस्पताल विराटनगरमा पनि यस्तै एउटा गलत रिर्पोटको घटना सार्वजनिक भएको छ ।
(घटना १)
विराटनगर ४ की २७ बर्षिया टेरिसा थापा चैत्र २१ गते कोशी अञ्चल अस्पतालमा गर्भजाँचका लागि पुगिन् । उनले अस्पतालमा पेटको भिडियो एक्सरे गरिन् । चेक अप गराउदाँ त्यहाँ ६ हप्ता ३ दिनको पेटमा बच्चा भएको भिडियो रिर्पोटमा देखियो । त्यसपछि पुन उनलाई २ हप्ता पछि परिक्षणको लागि बोलाईयो । त्यसपछि उनी फेरी वैशाख ६ गते कोशी अञ्चल अस्पतालमा पुगिन् ।
डाक्टरको अनुसार पहिले कै जस्तै पेटमा भएको बच्चाको भिडियो एक्सरे गरिन् । तर त्यो बेला पेटको पाठेघरमा बच्चा नै नभएको रिर्पोट देखियोे ।
२ हप्ता अगाडी भिडियो एक्सरे गराउँदा ६ हप्ता ३ दिनको बच्चा देखाएको थियो तर २ हप्ता पछि पुन जजाँच गराँउदा आफ्नो पेटमा बच्चा नै नभएको देखिएपछि टेरिसा छक्क परिन् । टेरिसालाई तनाव भयो । उनलाई सत् प्रतिशत आफ्नो पेटमा बच्चा छ भन्ने विस्वास छ । तर अस्पतालले यसरी अचानक आफ्नो पेटमा बच्चा नभएको रिर्पोट देखाएपछि वाहिर उनी अर्कै अस्पतालमा गईन् । उनले कोशी अञ्चल अस्पताल बाहिर रहेको आनन्द भिडियो एक्सरे सेन्टरमा गएर त्यही दिन फेरी परिक्षण गरिन् । उनले त्यहाँ परिक्षण गराउँदा ८ हप्ता १ दिनको पेटमा बच्चा बसेको देखायो ।
(घटना २)
विराटनगर ४ कै ४२ वर्षिया शुशिला साह गत मंसिर २५ गते कोशी अञ्चल अस्पतालमा पथरीबाट आईन् । उनले त्यहाँ किड्नी सम्बन्धि भिडियो एक्सरे गरिन् । केही समय पछि उनको देब्रेपट्टीको किड्नीमा ८. ६ एम एमको ढुङगा भएको भेटियो । उनले त्यसपछि डाक्टरले भने अनुसारको औषधी उपचार गरिन् । पुनः डाक्टरले बोलाए अनुसार पुन परिक्षणका लागी कोशी अञ्चल अस्पताल पुगिन् । उनले यही वैसाख ६ गते कोशीमा पुगेर भिडियो एक्सरे गरिन् । उनले दोस्रो पटक भिडियो एक्सरे गराउँदा ढुङगा नभएको रिर्पोट आयो ।
तर शुशिलाको मनमा चित्त नै नबुझेपछि पुन अस्पताल बाहिर रहेको एक निजी प्रयोगशालामा गएर एक्सरे गराईन् । उनको त्यहाँ ५.१ एम एमको ढुङ्गा भएको रिर्पोट आयो ।
एउटा रोग तर अस्पताल अनुसारको फरक रिर्पोट आउन थालेपछि विरामी अन्यौलमा परे । कोशी अञ्चल अस्पतालमा सस्तो र विश्वसनीय डाक्टर छन् तर रिपोर्ट फरक फरक आउँछ । भएको को हो कोही पनि आफ्नो कमजोरी स्वीकार गर्ने पक्षमा देखिएका छैनन । पछिल्लो समय कोशी अञ्चल अस्पतालको लापारबाही र डाक्टरको ढिलाई सुस्ती प्रति विरामी सन्तुष्ट छैनन् ।
कोशी अञ्चल अस्पतालले दिएको रिर्पोट फाईलमा स्पष्ट कसले भिडियो एक्सरे गरेको हो त्यो पनि खुलाईएको हुदैन । अस्पतालको रिर्पोट पुर्जामा विरामीको उमेर, ठेगाना पनि लेखिएको पाईदैन । यसरी उमेर रै उल्लेख नगरी डाक्टरले दिएको रिर्पोटमा औषधी प्रयोग गर्दा तल माथी भएर विरामीको अकाल मै ज्यान गए त्यसको जिम्मेवार को ? कोशी अञ्चलमा उपचार गर्न आउने बिरामीहरु बिभिन्न त्रुटीका कारण समस्यामा पर्दै आएका छन् । यथेस्ट प्रमाण सहित बेला बेलामा डाक्टरको लापारबाहीबाट विरामीको मृत्यू भनेर समाचार नआएका पनि हैनन् ।
कोशी अञ्चल अस्पतालमा पुगेर सम्बन्धी डाक्टर बरिष्ठ रेडियोलोजिष्ट डाक्टर यज्ञराज पाठकलाईलाई भेटेर शुशिला साह र टेरिसा थापाको विषयमा सोध्दा डाक्टर पाठकले कहिले काही विरामीको चापले गर्दा डाक्टरहरुबाट पनि गल्ती हुने गरेको स्वीकार गरे । अब आउदा दिनहरुमा यस्ता खालका गल्ती हुन नदिन आफू स्वयम र मातहतका डाक्टरहरुसँग सल्लाह गर्ने उनले बताए ।
डाक्टरका चित्तबुझ्दो जवाफ नआएपछि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोशन पोखरेलसँग यो बारेमा जानकारी लिँदा उनले रिर्पोटमा डाक्टरहरुबाट गल्ती भएको बताएका छन् । उनले भने, ‘कहिलेकाही प्राविधिक त्रुटिहरुले गर्दा पनि यस्तो हुन सक्छ ।’ डा पोखरेले देखिएका गल्ती कमिकमजोरीलाई सुधार गर्दै जग्ने स्पष्ट पारे ।

https://www.facebook.com/ourbrt/videos/288293172059243/?eid=ARAgN0ICv1IGHj7r_2tGTfmoP_yZgrsmIMLZY3ZRNJMf2y_T_4xXbiqTEmr66t2tZhWkDq68YPccIyya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्