आर्थिक एवं औद्योगिक नगरी विराटनगरलाई एक नम्वर प्रदेशको राजधानी वनाउन सुझाव

<span class='c1'>आर्थिक एवं औद्योगिक नगरी विराटनगरलाई एक</span> <span class='c2'>नम्वर प्रदेशको राजधानी वनाउन सुझाव</span>

विराटनगर, २० बैशाख ।
उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले विराटनगरबाट राजधानी अन्यत्रै  लग्न  खाेजिएकाे हाे की भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बिहिवार साँझ एक प्रेस बिज्ञप्ती जारी गर्दै आर्थिक एवं औद्योगिक नगरीको नामबाट परिचित विराटनगरलाई एक नम्वर प्रदेशको राजधानी वनाउने सन्दर्भमा हालै विभिन्न माध्यमबाट देश कै ऐतिहासिक शहर विराटनगरलाई पाखा लाउँदै अन्य स्थानमा सारिने अनौपचारिक समाचारहरु प्रति संघ र संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

विराटनगरले मुलुकको आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएकोले बहुजाती, धर्म–संस्कृति, भाषा–भाषी साम्प्रदाय वीच सद्भावना कायम रहनुका साथै दलीय र जातीय समन्वय उत्कृष्ट रही विराटनगर मुलुकको राजधानी काठमाडौँ पछिको ठूलो महानगरको रुपमा स्थापित हुन सफल भएको भनिएको छ ।

कैयौँ सरकारी कार्यालयहरु, प्रदेश नं. १ का प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ७ वटा मन्त्रालय, संसद भवन, जिल्ला अदालत, प्रदेश १ को उच्च अदालत, राजश्व न्यायाधीकरणको कार्यालय, तीस भन्दा बढी सार्वजनिक संस्थानका कार्यालयहरु, साठ्ठी भन्दा बढी गैह«–सरकारी संस्थाहरु, प्रचुर मात्रामा सरकारी खाली जग्गाहरु, सयौँ उद्योगहरुको कर्पोरेट कार्यालय, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु, २० भन्दा बढी अस्पताल, अन्तर्राष्ट्रिय स्तरीय आँखा अस्पतालका साथै सपिङ्ग कम्प्लेक्स, डिपार्टमेण्ट स्टोर समेत उच्चस्तरीय केन्द्र विन्दु बिराटनगर नै भएको दावी गरिएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सबै शहरसँग सहजै जोडिएको राजमार्ग, सबै टोल वस्तीमा व्यवस्थित सडक, हुलाकी मार्ग, निर्माणाधिन चक्रपथ, आधुनिक टर्मिनलसहितको बस पार्क, अन्तर्राष्ट्रियस्तरको प्रस्तावित विमानस्थल, निर्माणाधिन आधुनिक व्यस्थित ढल तथा सडक, ४ तारे ठूला होटल लगायत सयौँको संख्यामा सामुदायिक धर्मशाला र होटलहरु, विश्वविद्यालय, एम.फिल, पि.एच.डी. अध्ययनको व्यवस्थाका साथै मेडिकल, स्नातकोत्तर, नर्सिङ, इन्जीनियरिङ्ग, क्याम्पसहरु, टेक्नीकल देखि डिप्लोमा तहका प्राविधिक शिक्षालयहरु, मदरसाहरु लगायतका सयौँ शिक्षालयहरु विराटनगरमा रहेकाले देशकै दोश्रो ठूलो शैक्षिक हवको रुपमा आफ्नो परिचय वनाउन सफल भएको छ भने अन्तर्राष्ट्रियस्तरको प्रस्तावित रंगशाला, अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सभाहल आदि सबै उपलब्ध रहनुका साथै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र, राष्ट्रिय पहिचान झल्काउने प्रवेशद्वार, वालवालिकाको मनोरञ्जनका लागि वालउद्यान र दश स्थानमा आकाशे पुल निर्माणका लागि डिपिआर तयार भई प्रारम्भिक चरणको कार्य अघि वढीसकेको छ भने विराटनगरले प्रदेश नं. १ कै सबै भन्दा बढी जनसंख्यालाई रोजगारीका अवसरहरु प्रदान गरी सहजता प्रदान गर्दै संघ र संगठनले बिज्ञप्ती मार्फत स्मरण गराएका छन् ।
विराटनगरलाई राजधानी बनाउनु पर्दछ भन्ने विषयमा औद्योगिक तथा व्यवसायिक क्षेत्र, सञ्चार क्षेत्र, विद्धतवर्गहरुबाट आवाज उठ्ने गरेको छ भने विराटनगरमा तोकिएका मापदण्डका धेरै कुराहरु उपलब्ध हुँदा हुँदै यस महानगरलाई उपयोग नगरी राजधानी अन्यत्रै लगिए मुलुकले ठूलो धनराशी फेरी पूर्वाधार विकासमा खर्चिनु पर्ने र राष्ट्रिय ढुकुटीमा प्रतिकुल असर पर्ने निश्चित छ ।

राणाकालीन समय देखि नै देशको राजनीतिक परिवर्तनकालागि विराटनगरले पु¥याएको महत्वपूर्ण योगदानको पृष्ठभूमिलाई नियाल्ने हो भने विराटनगरले शासनसत्ता र व्यवस्था परिवर्तनका लागि विराटनगरबाटै विगुल फुकी संघर्षको प्रारम्भ गरेको छ । समग्र मुलुकको शासन व्यवस्थामा आमूल परिवर्तनकालागि विराटनगरले ऐतिहासिक भुमिका निर्वाह गरी समग्र देश मै आन्दोलनको विगुल फुक्न सफल भएको थियो । विराटनगरले शुरु गरेको आन्दोलन कै परिणाम स्वरुप देशले नया संविधान प्राप्त गरी तीन तहको निर्वाचन सम्पन्न भई असल नेतृत्व चयन गरी वैज्ञानिक र समाजवाद मुलुक वनाउन निर्वाचित सभासदज्यूहरुलाई सुम्पिएको छ र निर्वाचित सभासदज्यूहरुले जनताको चाहना र भावनालाई वुझी गल्ती गर्नुहुन्न भन्ने कुरामा हामी विस्वस्त छौं , विज्ञप्तीमा भनिएको छ ।

मुलुकको आमूल परिवर्तनमा कसले कुन ठाउँको कतिको भूमिका खेलेको छ राजधानी कहाँ निक्र्यौल गर्दा न्यायोचित र वैज्ञानिक होला, नाम के राख्दा निर्विवाद हुन्छ भन्ने कुरामा सभासद्ज्यूहरुले विवेकको सही सदुपयोग गर्नु हुनेछ भन्ने कुरामा हामी विस्वस्त र आशावादी छौं भने गलत निर्णय भयो भने त्यसको दोषका साथै जवाफदेहिता लिन नेतृत्व वर्ग तयार हुनुपर्छ भन्ने तर्फ पनि हामी सजग गराउँदै निर्वाध रुपमा सबै कुराको निकासकालागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्