मोरङमै यस्ताे घटना : भैँसी करणी गर्ने युवक पक्राउ, करणी गरेको स्वीकार !

<span class='c1'>मोरङमै यस्ताे घटना : भैँसी करणी गर्ने</span> <span class='c2'>युवक पक्राउ, करणी गरेको स्वीकार !</span>

विराटनगर, २० बैशाख । भैँसी करणी गरेको अभियोगमा मोरङमा एक जना विरुद्धमा अदालतमा फिरादपत्र दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २  का ४० वर्षीय मङ्गल हस्दा(संथाल) विरुद्धमा अदालतमा फिराददर्ता भएको हो । हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैँसी करणी गरेको आरोपमा भैँसीधनीले अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएपछि प्रहरीले हस्दालाई पक्राउ गरेको छ ।  छिमेकीको गोठमा बाँधेको भैँसी फुकाएर करिब ७ सय मिटर परको बाँसझाङमा लगेका थिए  । भैंसीको दुवै खुट्टा डोरीले बाँधेर करणी गरेको उजुरीका आधारमाप्रहरी घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय सिजुवाबाट गएको टोलीले घटनास्थलबाट हस्दाको कपडा बरामद गरेको थियो ।

‘गोठमा बाँधेको भैँसी हराएपछि खोज्दै जाँदाबाँसको झ्याङमा भेटियो,’ प्रहरी निरीक्षक रामचन्द्र साहले भने ‘भैँसी करणी गरेर फुकालेको कपडा त्यही छोडेर गएका हस्दालाई घरबाट पक्राउ गरेर ल्याएका छौं ।’ हस्दाले लगाएको कपडा चिनेका आधारमा भैँसी धनीले अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

‘पक्राउ परेका हस्दाले भैंसी करणी गरेको स्वीकार  गरेका छन् । पशु करणी दुनियाँवादी फौजदारी अर्थात (व्याक्तिवादीं) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने व्यवस्था छ । शुक्रबार पशु करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थित भएर ‘फिराद’दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए । पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवनाहुने कानुनी व्यवस्था छ । समाचार दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्