विराटनगर, २२ वैशाख । मोरङको उत्तरी क्षेत्रमा रहेको चुरे क्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लेटाङ्ग नगर महासंघले मोरङको लेटाङ्ग नगरपालिका – १ मा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा सरोकारवालहरूले यस्तो बताएका हुन् ।
उनीहरूले चुरेको क्षेत्रको संरक्षणको लागि राज्यले स्थानिय उपभोक्ताहरुलाई प्रत्सोहन नगरे संरक्षण हुन नसक्ने उनीहरूले बताए । लेटाङ्ग नगरपालिका वडा नम्बर १ नम्बरका अध्यक्ष विष्णु कुमार मगरले चुरेको संरक्षण गर्न सबै लागि पनुपर्नेमा जोड दिए ।
‘चुरे क्षेत्रको संरक्षण गरे पनि स्थानिय उपभोक्ताहरूले केही पाउन सकेको छैनन,’ उनले भने, ‘जसले गर्दा पनि यसको संरक्षण हुन नसकेको हो ।’ राज्यले चुरे क्षेत्रको संरक्षणमा विशेष योजना अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा केराबारी गाउँपालिका ९ का वडा अध्यक्ष भूपेतेन्द्र मल्लले वर्षौदेखि सामुदायिक वन स्थानिय उपभोक्ताहरूले संरक्षण गरको सामुदायिक वन सामुदायमा हस्तानतरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ्ग नगर महासंघका अध्यक्ष आनन्द सागर तिम्सिनाले जिल्लामा १ सय ३३ वटा सामुदायिक वन रहेकोले यसको संरक्षणमा स्थानिय जनता लागि परेको बताए ।
मोरङको लेटाङ्गमा मात्र ३८ वटा सामुदायिक वन रहेको जानकारी दिदै उनले व्यापक रूपमा महासंघले सचेतना अभियानको थलानी गरेको जानकारी दिए ।
हालसम्म ९ वटा सामुदायिक वनमा सामुदायिक वनको बारेमा जानकारी गराउँदै सचेतना फैलाउने जागरण अभियान सुरु गरिसकेको उनले बताए । आइतबार लेटाङ्ग १ मा रहेको श्री जलकन्या सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र कार्यसमिति सदस्यहरूलाई एक दिने प्रशिक्षण दिएको छ । प्रशिक्षणमा १ सय बढीको सहभागि रहेका थिए ।
सोही अवसरमा जलकन्या सामुदायिक वन उपभोक्ता समूहले पत्रकार कौशल निरौलालाई नगद १० हजार १ सय १ रुपैयाँ सहित सम्मान गरेको छ ।