विराटनगर रातारात बन्द, राजमार्गमा मोटरसाईकल समेत चलाउन समस्या (फाेटाे फिचर)

<span class='c1'>विराटनगर रातारात बन्द, राजमार्गमा मोटरसाईकल </span> <span class='c2'>समेत चलाउन समस्या  (फाेटाे फिचर)</span>

विराटनगर, २३ बैशाख ।
विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै विराटनगर महानगरपालिकामा गएराती रातारात संघर्ष समिति बन्यो । छलफलमा बिराटनगरलाई राजधानी तोकेर संरचना पनि बिराटनगरमा नै हुनु पर्ने माग राख्दै अनिस्चितकालिन आम हड्ताल आब्हान गरिएको छ ।

विराटनगरलाई स्थायी राजधानी बनाउ शान्तिपुर्ण दवाव समितिको पहिलो आन्दोलन नै बिराटनगर बन्दको पक्षमा देखिएको छ । प्राध्यापक डाक्टर भेषप्रसाद धमला संयोजक रहेको र महेश रेग्मी, नागेश कोईराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह संयोजक रहेको समितिले बन्दको आब्हान गरेको हो ।
समितिले जारी गरेको बिज्ञप्तीमा बिराटनगरलाई स्थायी राजधानी बनाई सबै संरचना बिराटनगरमा नै हुनु पर्ने उल्लेख गरिएको छ । सर्बदलिय छलफल पछि राती ११ बजे मात्र बिराटनगरलाई नै स्थायी राजधानी तोक्दै संरचना बिराटनगर भित्रै राख्नु पर्ने माग सहित बन्द आब्हान भएको थियो ।
आन्दोलन समितीका संयोजक डा भेषप्रसाद धमलालले बिराटनगरको महत्वलाई नबुझी विराटनगरलाई राजधानी तोकेर संरचना अन्यत्र लैजान खोजिएपछि सबै दलहरुले आन्दोलन गरेको बताए । अनिश्चिनकालिन आम हड्तालको घोषणासँगै बिराटनगरको जनजीवन प्रभाबित बनेको छ । सार्बजनिक यातायतका साधनहरु चल्न सकेका छैनन भने, टंकिसिनवारी देखि बिराटनगरको रानीसम्मको कोशी राजमार्गमा मोटरसाईकल बाहेकका सवारी साधनलाई चल्न दिईएको छैन ।

बन्द गदै हिँड्नेहरुमा नेकपा, नेपाली कांग्रेस, राप्रपा, मधेशवादी दलहरु, राजपा, संघीय समाजवादी फोरम लगायतका दलहरु सहति उद्योगी ब्यापारी पनि छन् । तस्विर साैजन्य, काैशल निराैला

तस्विर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्