गलत रगत दिँदा बालिकाको मृत्यु, भएको के थियो ?

<span class='c1'>गलत रगत दिँदा बालिकाको मृत्यु,</span> <span class='c2'> भएको के थियो ?</span>

काठमाडौं, २४ वैशाख । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा फरक रक्त समूहको रगतको प्रयोगले ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताएको छ ।

अस्पतालको लापरबाहीले आफ्नो छोरीको ज्यान गएको आरोप परिवारले लगाइरहँदा अस्पतालले सत्यतथ्य सार्वजनिक नगरी शव पोस्टमार्टमका लागि पठाएको छ ।

आकृतिकुमारी साहको परिवारलाई भेट्न हामी धापासी गएका थियौं । जहाँ आकृतिका आमा, बुवा र भाइ थिए । आफन्तकोमा बसेका उनीहरुको छोरी गुमाएको पीडाले आँखा ओभाएको थिएन ।

के समस्या भएर अस्पताल ल्याएको र के भएर मृत्यु भएकोलगायतका कुरा हामी सोध्दै थियौं ।

उनको बुवाले भने–‘मेडिकल कुरा त म पढे–लेखेको मानिस नभएकाले थाहा भएन । तर, मेरो छोरीको नाक र मुखबाट रगत आउँदासमेत डाक्टरले निको हुँदैछ भनेर ढाँटे ।’

आकृतिका आफन्त सुरेन्द्र साह भने मेडिकल शिक्षा नै पढेका मानिस रहेछन् । उनले मेडिकल रिपोर्ट देखाउन थाले ।

मेडिकल रिपोर्टमा आकृतिको ‘ओ’ पोजेटिभ रक्त समूह लेखिएको छ । तर, चिकित्सकले भने शल्यक्रियाको समयमा ‘ए’ पोजेटिभ रगत दिएको देखिएको छ ।

वैशाख १७ गते मुटुको शल्यक्रिया गरिएकी आकृतिको मेडिकल रिपोर्टमा धेरै ठाउँमा केरमेट गरिएको छ ।

मेडिकल रिपोर्टमा शंका लागेपछि आफन्त साहले फोटोकपी गरेर एकप्रति सुरक्षित राखेको बताएका छन् ।  उनले मेडिकल रिपोर्ट मिलाउन मृत्यु भइसकेको लामो समयपछिमात्र मृत्यु घोषणा गरेको दाबी गरेका छन् । अस्पतालले गत सोमबार आकृतिलाई मृत घोषणा गरेको थियो ।

तर, शल्यक्रियामा संलग्न चिकित्सकहरु अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्मा, डा. रविन्द्रभक्त तिमला र डा. नविनचन्द्र गौतमको टोलीले गल्ती गरेको भन्दै उनले दोषीलाई सजाय र क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने बताएका छन् । यस विषयमा हामीले अस्पतालका निर्देशकसँग बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन् । ईमेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्