विराटनगरको तातोघाममा विदेशीको पौरख, मुसहर बस्ती निर्माणमा २६ जना बिदेशीको श्रमदान

<span class='c1'>विराटनगरको तातोघाममा विदेशीको पौरख, मुसहर बस्ती</span> <span class='c2'>निर्माणमा २६ जना बिदेशीको श्रमदान</span>

विराटनगर, २८ बैशाख ।
उमेरले झण्डै ६१ बर्षका विदेशी नागरिक जाई बैशाख अन्तिमको तातो घाममा ढुङ्गा टिप्ने अनी ढुङ्गा ओसार्ने काममा ब्यस्त थिए ।

यसरी यो काम गर्न थालेको उनले ५ दिन पुगिसकेको छ । हरेक दिन बिहान ८ बजे देखि साँझको ५ बजेसम्म उनी यसै गरी काममा लागेका छन् ।

बैशाखको २७ गतेको तातो घामका बिचमा खलखली पसिना पुछ्दै काम गर्दै गरेका जाईलाई यसरी दुख गर्नु उनको बाध्यता हैन । उनलाई नपुग्दो पनि केही छैन । उनी आफ्नो थोरै श्रमदानले धेरै ठुलो काम हुन्छ भन्ने सोचेर न्युजिल्याण्डबाट आएको बताउँछन् ।
न्युजिल्याण्डबाटै आएका अर्का ब्यक्ति पिटर पनि घर बनाउने काममा ब्यस्त थिए । घर बनाउनको लागि प्रयोग हुने मसला बोक्ने काम उनको भागमा परेको थियो । उनका साथीहरु बालुवा, गिट्टी र सिमेन्टको घोल बनाउँथे भने पिटर सहित अरु केही बिदेशी उनका साथी त्यो बनाएको सामाग्रीलाई भवन निर्माण भईरहेको ठाउँमा पु¥याउने अनी हाल्ने काम गर्थे । उनको पनि उमेर झण्डै ५० को हाराहारी हो । तराईको गर्मीका बिचमा बिहानै ८ बजे काममा आउने उनी दिउँसो १ बजे खाना खाने समय बाहेक ५ बजेसम्म निरन्तर काममा खटिनु उनीहरुको बाध्यता जस्तै लाग्थ्यो ।
यसरी यो काममा लागेका २ जना मात्र हैन २६ जना न्युजिल्याण्डबाट आएका हुन् । उनीहरु न्युजिल्याण्डको विलटेक एजेन्सीका कर्मचारी हुन । त्यहाँबाट श्रमदान गर्नको लागि आएको पिटरले बताए ।

यसरी आएर काम गरेकाहरु कोही ईन्जिनियर हेड, कम्पनीका संचालक, सिईओ तथा त्यस संस्थामा काम गर्ने सबै कर्मचारी रहेको पिटर बताउँछन् । सबै मिलेर काम गर्दा नहुने काम पनि सजिलै पुरा हुने उनको भनाई छ ।
ढुङ्गा, बालुवा तथा गिट्टीसँग खेलेर कन्ष्ट्रक्सनको काम निक्कै नै गाह्रो भएपनि काम गर्न रमाईलो भएको अर्का न्युजिल्याण्डका नागरिक जोसले बताए ।
मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ को धनपुरामा निर्माण हुँदै गरेको सुकुम्वासी बस्ती निर्माणका लागि श्रमदान गर्न उनीहरु आएका हुन् ।
सोमबार आएका उनीहरु शुक्रवारसम्म काम गरे शनिवार फर्किएका छन् । युएन ह्याविट्याटको सहकार्यमा बिराटनगर महानगरपालिका, साहारा नेपाल र जीवन विकास समाजले धनपुरामा ६० वटा घर निर्माणको काम भईरहेको छ । अति बिपन्न सुकुम्वासी मुसहर समुदायका लागि निर्माण हुँदै गरेको घर निर्माणको काम भएको हो ।
पहिलो चरणमा खोला किनारमा बसेर बाढी प्रभाबित ३२ परिवारका लागि घर निर्माणको काम भईरहेको बिराटनगर महानगरपालिका अधिकृत पुनम दाहालले बताए । अहिले बिराटनगर महानगरपालिकाले भाडामा लिएको जग्गाका ति सुकुम्वासीलाई ल्याएर यहाँ ब्यवस्थापन गरेपछि थप घरहरु निर्माणको काम हुने उनले जानकारी दिए ।विराटनगर महानगरपालिकाले यो धनपुराको मुसहर बस्ती निर्माणका लागि १ बिगाहा ४ कठ्ठा जग्गा उपलब्ध गराएपछि काम शुरु भएको हो । करिब २ महिना देखि निर्माणको क्रममा साहारा नेपालले ३० र जीवन विकासले ३० वटा घर निर्माण गर्नेछन् । जसमा बिराटनगर महानगरपालिकाको तर्फबाट खानेपानी, ढल निकास, सडक, विजुली र जग्गा ब्यवस्थापनको काम हो । भने त्यहाँको संरचना निर्माणको काममा साहारा र जीवन विकासले गर्ने कामको प्राबिधिक सहयोग युएन ह्याबिट्याटले गर्ने छ ।

२ कोठा, १ किचेन सहित ट्वाईलेट, बाथरुम र बरण्डा समेत रहनेगरी नमुना घर निर्माण हुनेछ । घर पुर्ण निर्माण भईसक्दा प्रति घर ४ लाख ८० हजार खर्च हुनेछ । सहारा नेपाल सेवा केन्द्र विराटनगरका प्रमुख घनश्याम अधिकारीले पहिलो चरणमा निर्माण हुने ३२ घर मध्ये १६ वटा सहारा र १६ वटा जीवन विकासले नै निर्माण गर्ने बताए । सुमन सुस्केरा/विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्