शुरु हुन सकेन पोखरा–विराटनगर हवाई उडान, निजी विमान कम्पनीले चासाे दिएनन्

<span class='c1'>शुरु हुन सकेन पोखरा–विराटनगर हवाई उडान,</span> <span class='c2'>निजी विमान कम्पनीले चासाे दिएनन्</span>

विराटनगर, ३१ बैशाख ।
विराटनगरबाट पोखरा जहाज उडानको बिषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । शुरुमा प्रदेश सरकारले काम शुरु गरेसँगै विराटनगरबाट पोखरा उडान गराउनको लागि छलफल समेत भएको थियो । गत जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व.रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका थिए ।

यो बिषय छलफल भएको एक बर्ष पुरा भएको छ । तर त्यसयता विमान पोखरा उडान गर्ने बारेमा कुनैपनि छलफल अगाडी बढेको छैन । यही बिचमा मन्त्री अधिकारीको निधनसँगै यो बिषय पनि ओझेलमा परेको छ ।
७२ सिटे जहाजले विराटनगरबाट पोखरा उडान गर्न सक्नेछ । भारतीय पर्यटकलाई हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने उदेश्यका साथ बिराटनगर पोखरा उडान गर्न सकिने पर्यटन ब्यवायीको तर्क छ तर पर्यटन ब्यवसायी पनि यस बिषयमा गम्भीर देखिएका छैनन् ।
के मा समस्या आयो
एक बर्ष अगाडि प्रदेश सरकार, संघीय सरकारका मन्त्री, नागरिक उड्ययन प्राधिकरण तथा सरोकारवाला एजेन्सीहरु बिचमा भएको छलफलले बिराटनगर–पोखरा उडान गर्न सक्ने निश्कर्ष निकाल्यो र चाँडै यो काम शुरु गर्ने दाबी गरे । तर एक बर्ष बित्दा समेत यसले सार्थकता पाउन सकेन ।
हल्लैहल्लाले बिराटनगरबाट पोखरा उडान भर्ने बषिय चर्चामा मात्र आएर सेलाएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरका प्रमुख टेकनाथ सिटौलाले कुनैपनि बिमान कम्पनीले बिराटनगरबाट पोखरा उडान भर्नका लागि चासो नदिएको बताए । संरचनामामा समस्या नभएपनि बिमान कम्पनीहरु नै तयार नभएको उनको भनाई छ । उनले भने, ‘विमान कम्पनीले ईच्छा देखाउनु प¥यो पुर्बाधार बढी चाहिँदैन, समय तालिका स्वीकृती गरेपछि पुग्छ ।’
विराटनगरबाट पोखरा उडानका लागि बंगलादेश, भारतका यात्रु प्रसस्तै हुने छन् भने एनजीओ, आईएनजिओ तथा कर्मचारीहरु र घुमफिरको लागि पोखरा जानेहरुले बिमानको सहजै सेवा लिन सक्ने प्राधिकरणको ठम्याई छ। तर समस्या ५ वटा बिमान कम्पनीहरु कुनै पनि तयारी देखिएका छैनन् ।
उनीहरुको समस्या भने नियमित उडानका लागि यात्रु नै पाईँदैन की भन्ने छ । कति यात्रु प्रदेश १ का बिभिन्न जिल्लाबाट पोखरा जान्छन् अनी उनीहरु प्लेनमा जान सक्ने अबस्थाका छन् की छैनन् भन्ने तथ्यांक नै नहुँदा विराटनगर–पोखरा उडान शुरु हुन नसकेको बुद्ध एयर विराटनगरका म्यानेजर कौशल भण्डारीले बताए ।
भण्डारीका अनुसार, अहिले बिराटनगरबाट पोखरा उडान गर्नसक्ने भनेका एति र बुद्ध एयर मात्र हुन् । तर तत्कालको लागि बिराटनगरबाट पोखरा उडानको सम्भावना छैन ।
बुद्ध एयर नयाँ जहाज खरिद पछि मात्र चल्न सक्ने बताउँछ । बुद्ध एयरको एयर क्राफ्ट ७२ सिटे विमान आएपछि त्यसको नाईटस्टे बिराटनगर हुने र त्यसपछि पोखरा उडान हुनसक्ने भण्डारीको भनाई छ। ‘अहिले तत्काल संभावना छैन उनले भने, अबको ३ महिना पछि मात्र अगष्ट देखि उडान हुनसक्ला ।’ बुद्ध र यति पोखरा उडान गर्नको लागि तयार छन् तर समस्या यात्रुको नै रहेको छ ।
पर्यटन ब्यवसायी, ट्राभल्स एजेन्सीहरुले चासो दिएपछि पोखरा उडानको बिषय चर्चामा आएको हो पर्यटन ब्यवसायी तथा ट्राभल्स एजेन्सीहरु अहिले सेलाए बिषय पनि सेलाएको छ ।
हार खाएका पर्यटन ब्यवसायी
विराटनगरका पर्यटन ब्यवसायीहरु भने कसैले सहयोग नगरेपछि हार खाएर बसेका छन् । पर्यटन ब्यवसायीहरु मिलेर शुरु गरेको माउण्टेन फ्लाईट समेत नियमित हुन सकेन । ४ वटा माउण्टेन फ्लाईट उडाएका स्थानीय पर्यटन ब्यवसायीले त्यो भन्दा पछि धान्न सकेनन् र अहिले बन्द भएको छ ।
पर्यटन ब्यवसायी भबिश श्रेष्ठले माउण्टेन फ्लाईट शुरु गरेपनि कसैले सहयोग नगरेको गुनासो गरे । उनका अनुसार, चार्टर गरेर माउण्टेन फ्लाईट उडान गरिएकोमा घाटा भएपछि ४ वटा उडान पछि माउण्टेन फ्लाईट गर्न सकिएन । पर्यटन ब्यवसायीहरुले शुरु गरेपछि राज्य तथा बिमान कम्पनीले सहयोग नगरेपछि शुरु भएका कामहरुबाट पनि पछि हट्नु पर्ने अबस्था आएको श्रेष्ठको भनाई छ ।
पोखरा उडानको बिषय पनि कुनै दिन हल्ला गरेर मात्र छाड्ने काम भएको श्रेष्ठले बताए । पहिला उत्पादन बजारमा ल्याएर पछि त्यसको बजार खोज्ने काममा आफुहरु लाग्ने पर्यटन ब्यवसायी बताउँछन् । अहिले तत्काललाई बिराटनगरबाट पोखरा हप्तामा एउटा शुक्रबाट मात्र उडान गर्ने हो भने शुक्रवार गएर शनिवार बसेर आईतबार फर्कने यात्रुहरु प्रसस्तै रहेको श्रेष्ठले तर्क गरे ।
उडान हुन नसकेको पहाडी रुट
प्रदेश १ का धेरै बिमानस्थलहरु अहिले घाँसे मैदान बन्ने तयारीमा छन् । विराटनगरबाट पहाडी रुटका कुनै तुम्लीङटार बाहेक कतै पनि उडान हुँदैन । बुद्धले संखुवासभाको तुम्लिङटार उडान गर्ने गरेको भएपनि त्यो बाहेक ११ वटा बिमानस्थलहरुमा बिराटनगरबाट उडानै हूँदैन ।
सुकेटार, लामीडाँडा, रुम्जाटार, फाप्लु, थामखर्क, खानीडाँडा, लुक्ला लगायतका कुनैपनि बिमानस्थलहरुमा बिराटनगरबाट उडान हुँदैन । सोलु, खोटाङ, ताप्लेजुङ, भोजपुर तथा ओखलढुङ्गाका बिमानस्थलहरुमा उडान हुन सकेका छैनन् । (सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्