ग्यारेजमा रोकिराखेको २ वटा बसमा आगलागी

<span class='c1'>ग्यारेजमा रोकिराखेको २</span> <span class='c2'>वटा बसमा आगलागी</span>

नेपालगन्ज, ३१ बैशाख । नेपालगन्जको एक ग्यारेजमा आगलागी भएको छ । नेपालगन्ज उप–महानगरपालिका–४ मा रहेको ग्यारेजमा मर्मतको लागि राखिएका बसमा एक्कासी आगलागी हुँदा मर्मत गर्न राखिएका २ वटा बस जलेर नष्ट भएका छन् । आगो ४ वटा बसमा लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार नेपालगन्ज बसपार्कबाट बाईपास हुँदै काकाँदोचोक निस्कने बाटोमा कृष्णबहादुर पुनले सञ्चालन गरेको सो ग्यारेजमा मर्मत गर्ने क्रममा आगलागी भएको हो ।

मंगलबार बिहान ११ः १० बजेतिर भएको सो आगलागीबाट ना ४ ख ७०२४, ना ५ ख २४६५ जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ना ६ ख ९११६, क.प्र.०२.००१ ख ००१२ नंम्बरको बसमा भने आंशिक रुपले क्षति पुगेको छ ।

प्रहरी नायव उपरिक्षक सापकोटाले बसमा वेल्डिङ्ग गर्दै गर्दा हावा चलेको कारण आगलागि भएको प्रारम्भिक अनुसंन्धानले जनाएको बताए । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र नेपालगन्ज उप–महानगरपालिकाको दमकलको प्रयासबाट करिव १ घण्टाभित्र आगो नियन्त्रणमा लिन सफल भएको थियो । सो घटनामा मानविय क्षति नभएपनि क्षतिको आँकलन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्