माइत बस्दै आएकी पत्नीलाई सल्लाह गर्न बोलाएर एसिड प्रहार

<span class='c1'>माइत बस्दै आएकी पत्नीलाई सल्लाह</span> <span class='c2'>गर्न बोलाएर एसिड प्रहार</span>

काठमाडौं, २ जेठ । सङ्घिय राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । घरायसी विवादमा पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ । प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन् । खड्का भुजेलकी दोस्रो पत्नी हुन् ।

भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्