वारा र पर्साको हावा हुरीको झल्को मोरङको ग्रामथानमा, पाेल ढल्दा गाउँपालिकाकाे सेवा प्रभावित

<span class='c1'>वारा र पर्साको हावा हुरीको झल्को मोरङको</span> <span class='c2'>ग्रामथानमा, पाेल ढल्दा गाउँपालिकाकाे सेवा प्रभावित</span>

प्रेम देवान
विराटनगर, ३ जेठ । केही महिना अघि वारा र पर्सामा आएको हावा हुरीको झल्को दिने खालको हुरी मोरङको ग्रामथानवासीले पनि भोगेका छन् । मोरङको ग्रामथान गाँउपालिकाका विभिन्न स्थानमा गत सोमबार राती आएको हावा हुरीका कारण विजुलीको पोल ढलेपछि स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

त्यसैगरी आधा दर्जन परिवारका घरका छाना उडाएको छ । गत वैसाख ३० गते सोमबार राती ११ ः ३० बजे आएको हावाहुरीले ८ वटा घरमा क्षति पुर्याएको ग्रामथान गाँउपालीले जनाएको छ ।
ग्रामथान गाँउपालिकाले दिएको जानकारी अनुसार नारायाण सरदार ,कैलास कुमार माझी, कुमारी देवी राजवशी, भुखनीदेवि राजवशी, सानोदेबी राजवंशी, कुमारी राजवशी, मुनलाल राजवशी र मटुकलाल राजवशीको घरमा क्षति पुर्याएको हो ।
झोराहाट हुदै विराटचोक जाने सडक आसपारमा रहेका करिब २ दर्जन पोलहरु हावाले ढालेको छ । झोराहाटको पिडारवनीदेखि मसान चोकसम्मका २९ वटा पोल ढलेर भाँचिएका छन् ।
बिजुलीका पोलहरु ढलेपछि अहिले यो क्षेत्रमा बिद्युत सेवा अबरुद्ध भएको छ । ५ दिनदेखि विजुलीको लाईन नहुदाँ गाँउपालिकामा समेत सेवा प्रवाह रोकिएको छ । कामको सिलसिलामा गाउँपालिकामा पुगेका स्थानीय विश्व पराजुलीले बिद्युत अबरोधका कारण कामै नभएको सुनाए ।
ग्रामथान गाँउपालिकाका वडाहरुमा कम्प्युटर प्रर्णालीबाट काम हुने गरेको कारण बिद्युत अबरोधका कारण गाउँपालिकाको काम अबरुद्ध भएको प्रशासन प्रमुख चन्द्रप्रसाद कट्टेलले जानकारी दिए ।

गाँउपालिका र वडाहरुमा काम लिएर पुगेका सेवाग्राहीहरु कामै नभई घर फर्कन वाध्य छन् । ग्रामथान गाँउपालिकाको तथ्याङक अनुसार ग्रामथान गाउँपालिकाको वडानम्बर ३ का नारायाण सरदार थारु १लाख २५ हजार , कैलास कुमार माझीको ९५ हजार , कुमारी देवी राजवशीको ५० हजार क्षती भएको छ ।
त्यस्तै भुखनीदेवि राजवशी ५० हजार, सानोदेबी राजवशी ९० हजार , कुमारी राजवशी ४५ हजार मुनलाल राजवशीको ३ हजार, मटुकलाल राजवंशीको २५ हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ ।
विधुत प्राधिकरण वितरण केन्द्र विराटनगरका ईन्जिनियर विजुली यादवले पोल ढलेका ठाउँहरुमा नयाँ पोलहरु गाड्ने काम भईरहेको जानकारी दिए ।

भिडियाे यस्ताे

https://www.facebook.com/ourbrt/videos/440593556703250/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्