विराटनगरका उद्योगी – व्यवसायी भारतमा जस्तो एकल कर नीतिकाे पक्षमा

विराटनगरका उद्योगी – व्यवसायी  भारतमा जस्तो एकल कर नीतिकाे पक्षमा

विराटनगर, ३ जेठ । मोरङका उद्योगी तथा व्यवसायीले भारतमाजस्तो एकल कर नीति (जीएसटी) लागु गर्दा कर तिर्न थप सहज हुनेमा जोड दिएका छन् ।

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत र सडक बोर्ड नेपालका वरिष्ठ वित्त अधिकृत निर्मलप्रसाद कोइरालासँग सडक उपभोग दस्तुर (सडक कर) सम्बन्धी छलफल कार्यक्रममा उद्योगी तथा व्यवसायीको तर्फबाट यस्तो सुझाव  दिखएका हुन् ।  मोरङ व्यापार संघ विराटनगरमा भएको छलफलमा मुन्दडाले छिमेकी राष्ट्र भारतले लगाएको जीएसटी जस्तै नेपालमा पनि  (एकल कर नीति) लागु गर्नुपर्ने बताए  ।   उनले करको विविधिकरणबाट कतिपय अवस्थामा व्यवसायीलाई समस्या पर्ने गरेको गुनासो गरे ।

२०५८ सालमा नेपाल सरकारले सडक बोर्ड ऐनको आधारमा सबै सडकहरुको मर्मत सम्भार गर्ने उद्देश्यले सडक बोर्ड नेपाल स्थापना भएको बताउँदै सडक बोर्डका निर्देशक बस्नेतले  विगतमा तीन ठाउँमा लिइँदै आएको उपभोग दस्तुर हाल आएर १४ ठाउँमा लिने गरिएको बताए  । राज्यमा मर्मतको बजेट पर्याप्त नभएकोले सडक उपभोग दस्तुरबाट उठेको राजस्व पूर्णरुपमा सडक मर्मत तथा सम्भारमै खर्च हुने गरेको बताए ।

मोरङ व्यापार संघका   पदाधिकारीसँग भएकाे छलफलमा संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक र वरिष्ठ वित्त अधिकृतलाई संघमा स्वागत गर्दै जनताबाट असुल भईरहेका करको पूर्ण सदुपयोग गर्नेतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्