सरकारले बेरोजगारलाई १०० दिन रोजगार, प्रदेश १ मा भयाे त्रिपक्षीय सम्झाैता

<span class='c1'>सरकारले बेरोजगारलाई १०० दिन रोजगार, प्रदेश</span> <span class='c2'>१ मा भयाे त्रिपक्षीय  सम्झाैता</span>

विराटनगर, ५ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनु भएकाे छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेशस्तरीय अन्तरक्रिया  गोष्ठी तथा समझदारी पत्रमा हस्तारक्षर कार्यक्रमकाे  उद्घाटन गर्दै मन्त्री विष्टले नेपाल अहिले पनि विकासको प्रारम्भिक अवस्थामा नै रहेको बताउनुभयाे ।

उहाँले सिँचाइ, विद्युत् र सडकको विकास गरेर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयाे । संविधानबाट प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न प्रधानमन्त्री रोजगार कार्यत्रम आएको भन्दै मन्त्री विष्टले संविधानले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुरक्षित गरेको जानकारी दिनुभयाे ।

प्रदेश नं १ का सामाजिक विकासमन्क्री जीवन घिमिरेले स्थानीय तहमा सरकारले तोकेका रोजगार संयोजकले चाहिने जनशत्तिको प्रक्षेपण पनि हुने तथा यसबाट माग र पूर्तिमा सन्तुलन कायम गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयाे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव महेशप्रसाद दाहालले  कार्यक्रमबाट सरकारले बेरोजगारलाई १०० दिन रोजगार दिने र यसका लागि बेरोजगारको प्रमाणपत्र देखाउनुपर्ने भन्दै रोजगार दिन नसक्ने अवस्थामा उनीहरुलाई वर्षमा ५० दिनको निर्वाह भत्ता दिने सरकारको योजना रहेको जानकारी दिनुभयाे  ।

मन्त्रालयका सहसचिव सुमन घिमिरेले कार्यत्रमले बेरोजगारलाई रोजगारी सुनिश्चित हुने र यसका लागि स्थानीय तहका पदाधिकारीले नतिजामुखी काम गर्नुपर्ने कुरामा जोडदनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्